सुनसरी । इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज साबिक बिजेता मछिन्द्र फुटबल क्लब र झापा ११ बिच प्रतिष्पर्धा हुदैछ ।

खेल सांझ साढे ६ बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको खेलमा जीत हात पार्ने टोलीले युवा समाज मोरङसंग सेमिफाइनलमा शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

युवा समाज उद्धघाटन खेलमा जस्टजोन एफसी नाइजेरियालाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

इटहरी गोल्डकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको मछिन्द्र र झापा ११ बिच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा प्रतिष्पर्धा भएको थियो ।

उक्त खेलमा मछिन्द्रले १–० को संघर्षपूर्ण जीत निकालेको थियो ।

यसकारण पनि झापा अघिल्लो संस्करणको पहिलो खेलमै ब्योहोरेको हारको बदला लिदै जीत निकाल्ने दाउमा हुनेछ ।

मछिन्द्र झापा माथीको दबदबालाई कायमै राख्दै बिराट गोल्डकपको हारको पिडा भुलाउने रणनितीमा हुनेछ ।

गयराती मात्र बिराट गोल्डकपमा मछिन्द्र बिभागीग टिम नेपाल पुलिससंग सडेन डेथमा पराजित हुदै इटहरी गोल्डकपमा सहभागीता जनाउन लागेको हो ।

बिराट गोल्डकप खेलेको २४ घण्टा नबित्दै इटहरी गोल्डकप खेल्नुपर्दा मछिन्द्रका खेलाडीहरुको प्रदर्शनमा केही कमी आउने भन्दै झापा त्यसको फाइदा उठाउने दाउमा रहनेछ । झापा ११ भने बिराट गोल्डकपको उद्धघाटन खेलमा बलियो प्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेकाले उच्च मनोबलका साथ इटहरी गोल्डकपमा मैदान उत्रिदैछ ।

बैशाख ७ गतेसम्म चल्ने गोल्डकप बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।