सुनसरी । विराटनगरको परोपकार घाटमा मध्यरातमा अश्लील गतिविधि गरेको आरोपमा मोरङ प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
मंगलबार राति करिब घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गर्दै निर्वस्त्र अवस्थामा अश्लील व्यवहार गरेको सूचनापछि प्रहरी टोली परिचालित भएको थियो ।
पक्राउ पर्नेमा मोरङका ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र छविलाल घिमिरे, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना तथा भोजपुरका १८ वर्षीय मनिष काफ्ले छन् ।
घाटमा शव जलाउनलाई चिता बनाउने ठाउँमा आगो बालेर ६ मध्ये दुईजना उभिएर एकअर्कालाई धकेलाधकेल गर्दै वादविवाद गरेका थिए । तीमध्ये एक युवा पूरै नांगो अवस्थामा रहेको र अर्का युवाले कम्मरमुनिको भित्री वस्त्र मात्रै लगाएको पाइएको थियो । उनीहरूले अश्लील शब्दहरू बोलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















