इटहरी । निर्वाचनको मिति न तोकिँदै कोशीमा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । आसन्न निर्वाचनलाई लिएर दलहरूले विभिन्न खाले अभियान सुरु गरेका हुन् । नागरिकका समस्या सुन्न, पार्टीका कमिटीहरू पुर्न निर्माण र विस्तार गर्नका लागि यस्ता अभियान सञ्चालन गरेको राजनीतिक दलहरूले बताएका छन् ।

निर्वाचन आयोगले निर्वाचनको मितिका विषयमा छलफल थालेपनि प्रदेश र स्थानीय तहको निर्वाचनका मिति तय भएको छैन । निर्वाचनको मिति तय नहुँदा एमाले, काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूले कसरी पुरानो विरासत फर्काउने भन्नेमा अभियान केन्द्रित गरेका छन् भने फागुन २१ को निर्वाचन पछि शक्तिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम सस्कृती पार्टी भने कसरी फागुन २१ को निर्वाचनको परिणामलाई निरन्तरता दिने भन्नेमा केन्द्रित देखिन्छन् ।

अभियानका क्रममा दलहरूले पार्टीको सङ्गठन विस्तार, पार्टी कमिटीको गठन र पुनर्गठन, सदस्यता विस्तार लगायतमा ध्यान केन्द्रित गरेका छन् । एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूले भने निर्वाचनमा व्यहोरेको हारको समेते समीक्षा भइरहेको बताएका छन् ।  फागुन २१ को निर्वाचन पछि शक्तिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम सस्कृती पार्टीले आक्रामक रूपमा अभियान थाल्दा एमालेको अभियान भने सुस्त देखिएको छ । 


रास्वपाको हामी आँउदैछौ अभियान 

निर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र हामी आँउदैछौ भन्ने अभियान सम्पन्न गरिसकेको छ । सो अभियानमा भूगोलमा भएका पार्टी केन्द्रका पदाधिकारी, केन्द्रीय सदस्य र सङ्घीय सांसदहरू सहभागी भए । उनीहरू प्रदेशका १३७ वटै पालिकामा पुगी पार्टीको सिद्धान्त, योजना र विचारका बोरमा आम सुभेच्छकुलाई बुझाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश समितिका सभापति चन्द्रबहादुर राईले पार्टी निरन्तर अभियानमा रहेको बताए । उनले भने, ‘हामीले हामी आँउदैछौ अभियान सम्पन्न गरिसकेका छौ । पुन पार्टीले नयाँ अभियान सुरु गरेको छ । ’

नागरिकको समस्या सुन्नका लागि पार्टीले अभियान सुरु गरेको बताए । उनले भने, जनतासँग जोडिनका लागि नै अभियान हो । अभियानले पार्टी र नागरिकका बिचमा सम्बन्ध स्थापित गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तह सम्म पार्टीका कमिटीहरू बनाएको राईले बताए । उनका अनुसार पार्टीको भातृ, र जनवर्गिय सङ्गठन बनाउने नीति नभएकाले पार्टीको वाड स्तर सम्म विस्तार भने सम्पन्न भएको छ ।

रास्वपाले जनताको प्रतिनिधि जनताकै माझा अभियान समेत सञ्चालन गरिरहेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएका सांसदहरूका लागि पार्टीले सो अभियान सञ्चालन गरेको हो । पार्टी सभापति राईले, आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर जनताका एजेन्डा, समस्या र आगामी दिनमा पार्टीले गर्नु पर्ने कामको योजना बनाउन पनि यस्ता अभियान जारी राखेको बताए । उनले भने, हाम्रो पार्टी क्याडर बेस पार्टी होइन । मास बेस पार्टी भएकाले पनि जनताका समस्या र मुद्या थाहा पाउन अभियान जारी छ । 

कचनकवल टु सगरमाथा  हातेमालो अभियानमा श्रम सस्कृती 

फागुन २१ को निर्वाचनमा सामाजिक सञ्जालमा भएको क्याम्पनिंगका अधारमा प्रदेशमा दोस्रो ठुलो पाटीको रूपमा स्थापित भएको श्रम सस्कृती पार्टीले भने झापाको कचनकवलदेखि सगरमाथा सम्म हातेमालो अभियान सञ्चालन गरेको छ । सो अभियान अन्तरगत पार्टीले तल्ला कमटिहरु गठन गरेको छ । यो भन्दा अघि त पार्टीका तल्ला कमिटीहरू नै थिएनन् । यो अभियान अन्तरगत श्रम सस्कृती पार्टीले जिल्ला पालिका र वडा तहका कमिटीहरू गठन गरेको छ । 

श्रम सस्कृती पार्टीले पछिल्लो समय महिला र युवाहरूको समिति समेत बनाउन थालेको छ । कार्यालयहरू स्थापना गर्ने, पार्टी सदस्यता वितरण गर्ने र पार्टीलाई सक्रिय बनाउन हातेमालो अभियान सञ्चालन गरेको श्रम सस्कृती पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले बताए । 

उनका अनुसार नेपालको सबै भन्दा होचो भूमि कचनकवल र संसारका सबै भन्दा अग्लो स्थान सगरमाथालाई जोडेर पार्टीले अभियान सञ्चालन गरेको बताए । उनले भने हामीले वडा तह सम्म कमिटीहरू बनाएका छौ । युवारतको श्रम सस्कृती पार्टी युवा समिति र महिलाहरूका दिदी बहिनी समूह समेत गठन र विस्तारको काम भइरहेको छ ।  अभियानमा पार्टीका अध्यक्ष हर्क साम्पाङ, वरिष्ठ नेता सुदन किराँती समेत सहभागी छन् । उनीहरूले कार्यकर्ताका माझामा पार्टीको योजना र आगामी कार्यदिशाका बारेमा प्रशिक्षण दिने गरेको राईले बताए ।

एमालेको मिसन पार्टी जागरण 

फागुन २१ को निर्वाचनमा प्रदेशमा अनपेक्षित नतिजा आएपछि नेकपा एमालेले मिसन पार्टी जागरण अभियान सुरु गरेको छ । एमाले महासचिव शङ्कर पोखेलले विराटनगरमा  असार २१ गते मिसन पार्टी जागरण अभियान सुरु गरेका थिए । निर्वाचनमा भएको हारको समीक्षा गर्न आगामी दिनका लागि योजना बनाउन अभियान सुरु गरिएको एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए । उनका अनुसार अभियान अन्तरगत पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वडा कमिटीहरू गठन र पुनर्गठनको काम भइरहेको छ । सचिव भण्डारीले भने, यो मूलत आसन्न स्थानीय र प्रदेश तहको निर्वाचन केन्द्रित अभियान हो । यो अभियानले पार्टी र निर्वाचन परिचालनमा देखिएका समस्याहरू समाधान गर्न मद्दत पुग्नेछ। 

नेकपाको राष्ट्रिय जागरण अभियान 

विभिन्न पार्टीहरूका बिचमा एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी भने कार्त्तिकबाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियान अन्तरगत पालिका र वडाको अधिवेशन गर्ने क्रम भइरहेको पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ् ‘मिक्सो’ले बताए । उनका अनुसार यो अभियान दुई  मङ्सिर सम्म चल्ने छ । अभियान अन्तरगत सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण समेत हुने छ । अभियानमा जनताका समस्या सुन्न र समस्या समाधानको उपाय निकाल्न नेताहरू गाउँ टोल सम्म पुग्नेछन् । 

अधिवेशन र विवादको गोल चक्करमा काँग्रेस 

नेपाली काँग्रेस भने पार्टी भित्रको अन्तरीक किचलोमा फसेको छ । फागुन २१ पछिको निर्वाचन पछि पार्टीले महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनका लागि वडा क्षेत्र र पालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ । तर पार्टी भित्रको आन्तरिक किचलोले काँग्रेसले निर्वाचन केन्द्रित विशेष अधिवेशन भने सञ्चालन गर्न सकेको छैन । नेपाली काँग्रेस भित्र अहिले विशेष महाधिवेशन की नियमित अधिवेशनका लफडा अझै टुङ्गो लागेको छैन । काँग्रेसमा भएको विशेष महाधिवेशन पक्षले १५ औ महाधिवेशन सम्पन्न गरिसकेको छ । नियमित महाधिवेशन पक्ष भने अझ महाधिवेशनको तयारीमा रहेको छ ।