सुनसरी । विद्यालयमा कुनै पनि राजनितिक दलका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ । विद्यालयमा राजनितिक दलका चुनाब, बैठक, भेला लगायतका कुनै पनि कार्यक्रम नगर्न प्रशासनले भनेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सहायक प्रमुख जिल्ला अधिकारी राममणी निरौलाद्धारा हस्ताक्ष्यर गरिएको सूचना जारी गरेको हो । 

सहायक प्रजिअ निरौलाद्वारा जारी सूचनामा जिल्लाका विभिन्न स्थानका सार्वजनिक विद्यालय परिसर तथा कक्षाकोठाहरूमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित गतिविधि सञ्चालन गरिरहेको भन्दै व्यापक गुनासो आएको उल्लेख छ। 

 पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि हुनुपर्ने विद्यालयजस्तो क्षेत्रमा राजनीतिक दलका आन्तरिक कार्यक्रमहरू चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा, भेला लगायतका कार्यक्रम सञ्चालन नगर्न सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरिएको छ। 

  साथै, विद्यालय परिसरमा यस्ता राजनीतिक कार्यक्रमहरू हुन नदिनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा समग्र स्थानीय सरकारहरूलाई समेत जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। 

असोज ३ गते देखी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशन सुरु भएको छ । 

cdo office letter