विराटनगर । निरन्तरको बर्षा  हुन थालेपछि इटहरी उप महानगर र विराटनगर महानगरले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठुलो पानी पर्ने सूचना जारी गरेपछि  विद्यालय बन्द गर्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताए । यसै गरी इटहरी उप महानगरपालिकाले पनि दुई दिनका लागि विद्यालय छुट्टी गरेको छ । गएरातीबाट पानी पर्न थालेपछि विद्यालय बिदा गर्ने निर्णय भएको इटहरी उप महानगले जनाएको छ । कोसी प्रदेशका अधिकांश जिल्लामा रातीबाट सिम सिम पानी परिरहेका छ ।