सुनसरी । पार्टीले कारबाही गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।
आफू आबद्ध रहेको नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छिन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सम्बोधन गर्दै पदबाट राजिनामा दिएको बताइएकी छिन् ।
म आबद्ध पार्टी नेकपा एमाले प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि जुन पार्टीबाट उपप्रमुख पदमा निर्वाचित भएको हो, त्यसैले नैतिकताको आधारमा पदबाट राजिनामा दिएको छु। उनले भनेकी छिन् ।
केहि समय अघि उनलाई नेकपा एमाले कोशी प्रदेश कमिटिले पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहि गरेको थियो । यसैगरी, नेकपा (एमाले) बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् । उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।











