नागरिक समाज इटहरीको अध्यक्षमा दोर्ण बहादुर न्यौपाने चयन भएका छन् । आज आयोजित नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रममा समाजको नयाँ कार्य समिति चयन गरिएको हो । न्यौपाने यसअघि उपाध्यक्ष रहेका थिए ।

यस्तै नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा भोलाकाजी बस्नेत,गंगा आचार्य र सुरेन्द्र तामाङ रहेका छन् ।  लक्ष्मी कुमारी थेवेलाई महासचिवको जिम्मेवारी दिइएको छ  भने सचिवमा तेज दाहाल रहेका छन् । 

भेलाले सर्वसम्मत रुपमा २३ सदस्य समिति चयन गरेको हो । समितिको सदस्यहरुमा अनन्त विष्ट, उर्मिला कटुवाल,सुमित अधिकारी, पुष्प प्रभा गुरागाई,राजेन्द्र बास्तोला, प्रदिप कुमार रेग्मी, सचिन पोख्रेल, हिमाल दाहाल, विनोद देवान, राम खड्का, डि.सी चौधरी, नटवर राठी, गंगा कार्की पौडेल,दिनेश कोइराला, डम्बर तामाङ र सुवास गौतम रहेका छन् । 

कार्यक्रममा नागरिक समाजले प्रकाशन गरेको पुस्तक नागरिक सन्देश भाग २ विमोचन गरिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले नागरिक समाज लोकतन्त्रको मुख्य आधार रहेको बताइन् । सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले आवाज बोल्नुपर्ने बताइन् ।  कार्यक्रममा अन्य अतिथि तथा नागरिक समाजका पूर्व अध्यक्षहरुले पनि आफ्नो धारणा राखेका थिए ।