गएको निर्वाचनमा श्रम सस्कृती पार्टी राष्ट्रिय पार्टीको रुपमा स्थापित भयो । अझ कोशीमा भनौ भने दोस्रो ठूलो दलको रुपमा स्थापित भयो । निर्वाचनका हुनु भन्दा केहि समय अघि मात्रै दलको रुपमा दर्ता भएर चुनावी अभियानमा होमिएको श्रम सस्कृती पार्टीका न सस्थागत संरचना थियो न त तल्ला कमिटिहरु नै । सामाजिक सञ्जालमा भएको क्यापेनिंगबाटै शक्तीमा आएको श्रम सस्कृती पार्टी अहिले भने पार्टीको संस्थागत संरचनामा जान थालेको छ । पार्टीका तल्लो तह सम्मका कमिटिहरु निर्मण गरेको सो पार्टीले युवा र महिलाहरुको समेत कमिटिहरु निर्माण गनै थालेको छ । पार्टीलाई जनता सम्म पुर्याउनका लागि केचनादेखि सगरमाथा सम्म अभियान सम्पन्न गरेपनि अझै पनि पार्टी अध्यक्ष हर्क साम्पंगको स्टाटस नै अपानी र सर्कलर बनिरहेको छ । पार्टी अध्यक्षले सामाजिक सञ्जालबाटै पदबाट मुक्त र जिम्वेवारी प्रदान गरिरहेको भनेर आलोचना समेत भइरहेको छ । सस्कृती पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईसँगगरिएको कुराकानीको सार संक्षेप
अव पार्टी फेसबुकबाट मात्रै चल्दैन । पार्टीका तल्ला कमिटिहरु पनि बनाउनु पर्छ । जनतासँग पुग्न अभियान पनि हुनुपर्छ भन्नेमा पुग्नु भएको हो ?
तपाईँले भने जस्तै श्रम संस्कृति पार्टी सुरुमा हाम्रो श्रद्धेय अध्यक्षज्यूको अभियान र फेसबुकबाट नै हाम्रा धेरै गतिविधि र कामहरू हुँदै हुँदै आएका थिए । पछि हामीले पार्टी दर्ता पनि गर्यौँ। दर्ता गरेर अहिलेसम्म हामी पार्टीका विभिन्न काम र अभियानहरू पार्टीकै नामबाट गरिरहेका छौँ। अहिले विशेषतः म प्रदेश १ को अध्यक्ष भएकोले हाम्रो पार्टीको अभियान तीव्र रूपमा अगाडि बढेको छ। प्रथमतः पार्टी भनेको सङ्गठन हो। यो सङ्गठन निर्माणको कार्य तल्लो तह, वडा तथा टोल कमिटीसम्म प्रदेश र जिल्ला हुँदै भइरहेको छ। जन वर्गीय तथा भातृ सङ्गठनहरू निर्माण र त्यसको तल्लो तहसम्म गठन गर्ने अभियान सुरु भइरहेको छ। जस्तै श्रम संस्कृति युवा समिति युवाहरूका सङ्गठन हो । महिलाहरूका लागि दिदीबहिनी समूह भनेर गठन गरेका छौ । भूपू गोर्खाहरूको विशेष गरी हाम्रो पार्टीमा ठुलो देन छ। म उहाँहरूलाई तपाईँको मिडियाबाट धन्यवाद र नमन पनि भन्न चाहन्छु। भूपू गोर्खाहरूलाई पनि एकीकृत गरेर पार्टीमा एउटा विङ्सको रूपमा नै हामीले अगाडि बढाइरहेका छौँ। समग्रमा मूल पार्टी मात्र नभएर अहिले विभिन्न भातृ सङ्गठनहरू पनि तीव्र रूपमा गठन भइरहेका छन्।
हिजो फेसबुकबाट सूचना आह्वान गरेर शुभेच्छुकहरूलाई कार्यक्रममा आउनु भन्दा र आज पार्टी नै बनिसक्दाखेरि कत्तिको गाह्रो सजिलो हुँदो रहेछ ?
अहिले त धेरै कुराहरू पार्टीको आन्तरिक सर्कुलर (अपानी) बाट पनि पठाइरहेका हुन्छौँ । पार्टीका आन्तरिक संरचना खडा भएपछि यो जरुरी पनि छ र तपाईँले भने जस्तै बढी नेपालीहरूले चलाउने सञ्जाल त फेसबुक नै हो। फेसबुकको पनि हामी धेरैभन्दा धेरै सदुपयोग गरिरहेका छौँ । यसलाई पार्टीको जीवनमा प्रयोग गरिरहेका छौ ।
हिजो श्रम संस्कृति पार्टीले के गर्दैछ, हर्क साम्पाङले के गर्दै हुनुहुन्छ भनेर हेर्दा पत्रकारहरू पनि उहाँकै पेज हेरेर बस्थ्यौँ। उहाँले फेसबुकमा जे लेख्यो, त्यही अपानी, त्यही सर्कुलर जस्तो हुन्थ्यो। पार्टी त्यसरी चल्दैन भन्ने ठाउँमा तपाईँहरू पुग्नुभएको हो ?
हाम्रो पार्टी भर्खरै नयाँ छ। अहिले अध्यक्षज्यूले जे गर्नुहुन्छ, त्यो पार्टीको आधिकारिक हो र त्यो गरिनु पनि पर्छ। किनभने हाम्रो पार्टीलाई एउटा थितिमा बसाउनु छ। त्यसैले अध्यक्षज्यूले नियन्त्रण गर्न र थितिमा बसाउनका लागि फेसबुकबाट छिटोभन्दा छिटो सूचना सर्कुलर गर्नु र हाम्रा गतिविधि के भइरहेका छन् भनेर जानकारी दिनु महत्त्वपूर्ण छ। यो केही समय निरन्तर रहन्छ जस्तो मलाई लाग्छ। औपचारिक सर्कुलर जारी गर्दा समय लाग्ने भएकाले अध्यक्षज्यूको फेसबुकबाट कुरा आउनुलाई हामीले राम्रै रूपमा लिएका छौँ र त्यो स्वाभाविक पनि छ।
श्रम संस्कृति पार्टी अरू पुराना पार्टीहरूभन्दा अलि फरक छ। पार्टी नेतृत्वकै कुरा गर्ने हो भने हर्क साम्पाङले एउटा सङ्घर्ष गरेर पार्टीलाई यो तहमा ल्याउनु भयो । नेपाली नागरिकले विश्वास गरे। उहाँको सङ्घर्ष, दुःख र अभियानहरू नै अहिलेको हाम्रो पार्टीको सम्पत्ति र दस्ताबेज हो, भोलिको दिनमा हाम्रो मार्गदर्शक पनि हो। त्यसैले हर्क साम्पाङले नै यो पार्टी जन्माउनुभएको र जन्मदाता उहाँ नै भएकाले यसलाई व्यक्ति केन्द्रित भन्न मिल्दैन।
इतिहासमा हेर्ने हो भने पुराना कम्युनिस्ट पार्टीहरूले विदेशमा प्रतिपादित मार्क्सवाद लेनिनवाद अङ्गीकार गरे । काँग्रेस पनि २००७ सालतिर विराटनगर जुटमिल आन्दोलन हुँदै बिपी र सुवर्ण शमशेरहरूको सङ्घर्षबाट आयो। तर हाम्रो श्रम संस्कृति पार्टीले हर्कवादलाई अङ्गीकार गरेको छ । जसले प्रकृति, संस्कृति र प्रविधिलाई जोड्छ। यो नेपाली समाजलाई सुहाउँदो विचारधारा हो। यसलाई प्रमाणित गर्दै नेपाली समाजमा लागू गरेर राज्य सत्तामा पुगी हर्कवादलाई स्थापित गर्ने नै हाम्रो उद्देश्य हो।
राज्यको सत्तामा पुग्नका लागि सपना देखिरहनुभएको छ, त्यसका लागि योजना र कार्यक्रमहरू के के छन् ?
अहिले हामीले पार्टी सङ्गठनलाई विशेष फोकस गरेर काम गरिरहेका छौँ। देशैभरि सङ्गठन निर्माणको अभियान अन्तर्गत केन्द्रीय अगुवाहरूलाई जिम्मेवारी दिएर पूर्वदेखि पश्चिमसम्म पठाएका छौँ। म १ नम्बर प्रदेशको अध्यक्ष भएकोले असोज ४ गते झापाको केचनाकवल देशको सबैभन्दा होचो भूभाग देखि सगरमाथा ९सर्वोच्च शिखर० सम्म १४ वटा जिल्लामा झापादेखि सोलुसम्म हातेमालो पार्टी विस्तार अभियान सुरु गरेका छौँ। यसबिचमा १०० भन्दा बढी कार्यक्रमहरू भइसकेका छन्। यसमा पार्टी अध्यक्षज्यू, वरिष्ठ श्रमदाता सुदन किरातीज्यू, स्वयं मेरो र अन्य अगुवाहरूको उपस्थिति छ। माननीय, मेयर, वडाध्यक्ष तथा समाजका अगुवाहरूसहित २५ हजारभन्दा बढीको पार्टी प्रवेश भएको छ । लाखौँले यो कार्यक्रमलाई नजिकबाट हेर्नुभएको छ। अबको ३ महिनाभित्र यो प्रदेशभरि पार्टीलाई मजबुत बनाएर आउँदो प्रदेश र १३७ वटा स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने हाम्रो लक्ष्य
अब तपाईँहरू तलसम्म पुग्नुभएको छ, कार्यकर्ता व्यवस्थापन चर्को हुन थाल्यो कि थालेन ?
पार्टीमा आन्तरिक लोकतन्त्र बढ्नु खुसीको कुरा हो। हाम्रा साथीहरूमा मैले नै पाउनुपर्छ, नपाए अनर्थ हुन्छ भन्ने छैन।
आन्तरिक लोकतन्त्रको गुञ्जायस नै छैन, बाटोबाटै कारबाही हुन्छ, बाटोबाटै बढावा हुन्छ, फेसबुकबाट जिम्मेवारी, फेसबुकबाट मुक्त रु यो कस्तो लोकतन्त्र हो ?
पार्टी अध्यक्षज्यूले फेसबुकबाट कसैलाई जिम्मेवारी दिनुभयो भने त्यसलाई केन्द्रीय बैठकबाट अनुमोदन गरिन्छ। र अहिलेसम्म श्रम संस्कृति पार्टीको केन्द्रीय अध्यक्षज्यूले कारबाही नगर्नुपर्ने मान्छेलाई कारबाही गर्नुभएको छैन। अहिलेसम्म जो दुई चार जना कारबाहीमा पर्नुभयो, उहाँहरूलाई कारबाही नगर्नुपर्ने कारण नै छैन। गम्भीर गल्ती गरियो भने अनुशासन कायम राख्न कारबाही हुन्छ।
कारबाहीको प्रक्रिया होला, विधान होला, पहिले कारबाही गर्ने अनि पछि अनुमोदन गर्ने, यो कसरी लोकतन्त्र हुन्छ रु फेसबुकमै कारबाही, फेसबुकमै घटुवा बढावा कति समयसम्म चलिरहला ?
पार्टीलाई विधि र थितिमा लग्न अलि समय लाग्छ। विभिन्न राजनीतिक पृष्ठभूमिबाट साथीहरू जोडिनुभएको छ, उहाँहरूलाई एकीकृत र एकरूपता दिनुपर्छ। पुरानो पार्टीको प्रवृत्ति दोहोर्याउने हो भने अर्को पुस्ताले दुःख पाउँछ। जेन्जी आन्दोलनको मर्म बुझेर अगाडि बढ्नुपर्छ। पार्टी विधि र थितिमा पूर्ण रूपमा नबसेसम्म नियन्त्रणका लागि यो आवश्यक छ।
आगामी निर्वाचनमा तपाईँहरू कहाँ पुग्छौँ भन्ने ठान्नुहुन्छ ?
पहिलो कुरा त यो प्रदेशमा श्रम संस्कृति पार्टी अत्यधिक मत ल्याएर १ नम्बर सबैभन्दा ठुलो पार्टी बन्छ। किनभने हामी गरिब, पिछडिएको वर्ग, सुकुम्वासी र पीडितहरूसँग छौँ। चार दिन अगाडि मात्र मैले एकल महिलाको घर बनाएर साँचो हस्तान्तरण गरेँ। प्रदेशभरि सयौँ घरहरू बनाएर दिइरहेका छौँ। हामी भाषणमा होइन, काममा विश्वास गर्छौँ। श्रम संस्कृति पार्टी उकालो चढ्दै गरेको पार्टी हो। आगामी निर्वाचनपछि यहाँ हाम्रो एकल सरकार बन्छ र १३७ पालिकामध्ये धेरैमा हाम्रो नेतृत्व हुन्छ।
कोशी प्रदेशमा पहिचानको मुद्दा कायमै छ, प्रदेशको नामकरण पछि एउटा समुदाय आन्दोलित छ। तपाईँहरू अहिले पनि १ नम्बर प्रदेश भनिरहनुभएको छ। तपाईँहरू कोशी नाम खारेजीको पक्षमा हुनुहुन्छ ?
यहाँका अधिकांश नागरिकहरूले नस्विकारेको कुरामा उहाँहरूको भावनाको कदर गर्नुपर्छ। कसैलाई तल पार्नु वा माथि ल्याउनु हाम्रो उद्देश्य होइन, सबैको अपनत्व र भावना समेटिनुपर्छ। नामकरणको सन्दर्भमा छलफल गरेर पार्टीले आधिकारिक धारणा निर्माण गर्छ।
तपाईँहरू गरिब र मजदुरको साझा पार्टी भन्नुहुन्छ, तर तपाईँहरूमाथि यो एउटा समुदाय वा जातिमा मात्र केन्द्रित जातीय पार्टी हो भन्ने गम्भीर आरोप छ ?
श्रम संस्कृति पार्टी कसरी जातिवादी पार्टी भयो, के तथ्य छ रु यो तथ्यहीन र मिथ्या आरोप मात्र हो। जसले यस्तो आरोप लगाउँछन्, तिनीहरू विदेशीबाट परिचालित भई भाइचारा बिगार्न खोज्ने र राज्यको दोहन गरिरहन चाहनेहरू हुन्। राष्ट्रिय पार्टी हुँदा समानुपातिकमा ल्याएको ४ सिटमा के हामीले एउटा जात वा क्लस्टर मात्र हेर्यौँ र रु हामी मानवतावादी पार्टी हौँ। श्रमदान गर्दा वा कसैको घरको छानो उड्दा हामी जात हेर्दैनौँ। हर्क साम्पाङ जस्ता छोराहरूले देशको नेतृत्व गर्न नपाउनुपर्ने कारण के छ रु देशका लागि लडेका र खोरिया फाँडेका सन्तानलाई जातीय ट्याग लगाएर घेर्न खोज्नु अपराध जस्तै हो।
पार्टी चलाउन आर्थिक साधन चाहिन्छ। तपाईँहरूको पैसा कसले जुटाइरहेको छ ?
हाम्रा अध्यक्ष भुईँमा र गुन्द्रीमा सुत्नुहुन्छ, चप्पल लगाएर हिँड्नुहुन्छ। फाइभस्टार होटलको तडकभडक छैन। हामीलाई माया गर्ने आम नागरिकले स्वतःस्फूर्त रूपमा सहयोग गर्नुहुन्छ। गाउँ जाँदा भोकै हुनुपर्दैन। हर्क साम्पाङ उपमहानगर प्रमुख हुँदा पनि राज्य दोहन गर्नुभएन, प्रकृतिको संरक्षण र श्रमदानबाट विकास गर्नुभयो।
श्रमका नाममा क्युआर कोडबाट पैसा उठाइन्छ र त्यो पारदर्शी छैन
जहाँ ठुला प्रोजेक्ट हुन्छन्, त्यहाँ हामीले हिसाब सार्वजनिक गरेका छौँ। जसले सहयोग नै गर्दैन, उसैलाई बढी हिसाब चाहिने१ रसुवाको बाढीमा होस् वा गाउँमा बुढी आमा र बालबालिकाका लागि घर बनाउँदा नागरिकले पत्याएर सहयोग गरेका छन्। भ्रष्टाचार नगर्ने, विदेशीसँग राष्ट्रघाती सम्झौता नगर्ने र खबरदारी गर्ने पार्टीलाई कसरी तल पार्ने भन्ने नभएपछि जातीय र क्युआरको कुरा उठाएका हुन्। हामी खोटाङमा झोलुङ्गे पुल, हुम्ला र दार्चुलामा ठुला प्रोजेक्ट गरिरहेका छौँ।










