विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित भएका छन् । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्धारा सम्मान गरेको हो ।
राजनीतिमा संलग्न रही सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्यलगायतका क्षेत्रको विकासकालागि महत्वपुर्ण भुमिकानिर्वाह गर्दै आएका मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएकोमा सम्मान गरेको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्गपुगेको २१८ औं बर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र सहितनगद २५ हजार तथा दोसल्लाओढाई सम्मान गरेको अध्यक्ष काजी रोशनले जानकारी दिए ।
२०७८ मा स्थापनाभएको ट्रष्टले हरेक बर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मानगर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले जानकारी दिए । राष्ट्रिय पुरस्कारबाट सम्मानित भए पश्चात मन्त्री राजभण्डारीले यस सम्मानले आफुलाई थपजिम्मेवार बनाएको जिकिर गरे। विगतदेखि नै सेवा भाव मनमा राख्दै कार्य गरेकोे तथा अझैपनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहेको उल्लेख गरे।
यसैबिचमन्त्री बुद्धिकुमार राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैंया सहयोग गरेका छन् । राष्ट्रिय पुरस्कार अन्र्तगत सम्मान स्वरुपप्राप्तभएको २५ हजार नगदमाआफ्नो तर्फबाट पुनः २५ हजार रुपैंया थप गरी ट्रष्टको थपब्यवस्थापन र अन्य सामाजिककार्यका लागि ५० हजार ट्रष्टलाई हस्तान्तरण गरे । ट्रष्टलाई मन्त्री राजभण्डारीकातर्फबाट सहयोग स्वरुपप्राप्तभएको ५० हजार रुपैंया आगामीदिनमा सामाजिक क्षेत्रमाप्रयोग गरिने ट्रष्टले जनाएको छ ।