इटहरी । कोरोना महामारीपछि व्यापार व्यवसाय उक्सिन सकेको छैन । पछिल्लो समयमा अत्यधिक रूपमा बढेको ब्याजदर र तरलताका कारण व्यापार व्यवसाय धराशायी बनेको छ ।  बैकको व्याज र साँवा बुझाउन नसक्दा कतिपय व्यापारीहरू व्यवसायबाट पलायन भइसकेका छन् भने कयौँ व्यापारी पलायन हुने अवस्थामा छन् । बैकले घर जग्गा लिलामी गरिसकेको अवस्थामा पनि व्यापार व्यवसाय भने उक्सन सकेको छैन । पछिल्लो समय इटहरी कोशी प्रदेशकै व्यापारी केन्द्र बन्दै गएको छ ।  रेडिमेट व्यवसायको थोक बजारको रूपमा विकसित हुँदै आएको इटहरीको व्यापार भने अहिले दिनानुदिन दिन खस्कँदै गएको व्यपारीहरु बताउँछन् । इटहरीको व्यापीको समस्या र समाधानका विषयमा उद्योग वाणिज्य सङ्घ इटहरीका नव निर्वाचित अध्यक्ष जीवन पराजुलीसँग सञ्चार पार्टीले कुराकानी गरेको छ । प्रस्तुत छ नवीन दाहालले गरेको कुराकानी 
हाल के मा व्यस्त हुनुहुन्छ ? 
उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा विजयी भएपछि दैनिक रूपमा आउने व्यवसायीहरूका समस्या सुन्दै हल गर्ने कार्य भइरहेको छ ।  स्थानीय सरकारले हामीले सक्दैनौ भनेर पठाएका मुद्दाहरू पनि हामीले हेरेर मिलाई रहेका छौ । भर्खरै मात्रै काठमाण्डौमा सम्पन्न भएको उद्योग वाणिज्य सङ्घ नेपालको निर्वाचन सकाएर इटहरी फर्किएको छु । 
इटहरीमा हुँदा प्रत्येक दिन जसो उद्योग वाणिज्य संघ को कार्यालयमा उपस्थित भएर उद्योगी व्यवसायीहरुको समस्या गुनासो र सुझावहरू सुनिरहेको छु ।  इटहरी उद्योग वाणिज्य सघं एकदमै लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ । त्यो अवस्थालाई कसरी सुधार गरेर कसरी ट्र्याकमा ल्याउन सकिन्छ भनेर म दिनहुँ लागी रहेको छु । 
त्यस कारण म व्यवसायीहरुकै काममा व्यस्त छु । 

तपाईँले अध्यक्ष जितेपछि व्यवसायीको हितमा के के काम गर्नु भयो ? कामको सुरुवात कसरी गर्नु भयो ? 
म अध्यक्षमा निर्वाचित भएर पदस्थापन भएको भएको एक महिना मात्रै कटेको छ  । सुरुवातमै मैले होली मिलान कार्यक्रम राखे । व्यवसायी र उद्योग वाणिज्य सघं इटहरी विद् सद्भाव बढोस् भन्ने उद्देश्यले इतिहासमै पहिलो पटक होली मिलान कार्यक्रम भयो ।  व्यवसायीहरूका समस्याहरूलाई मध्यनजर गर्दै व्यवसायीहरू समस्यामा नपरुन्, व्यवसायीहरू करमा नफसुन् भनेर हामीले कर कार्यालयबाट तालिम, अनुसन्धान कर कार्यालयबाट भिसीटिएस्  १ दिने तालिम प्रदान गर्याै । 

त्यसमा धेरै व्यवसायीहरू सहभागी भएर सेवा लिनुभयो । सरकारले  मिसमा सम्बन्धी छुट असार मसान्त सम्म दिएको थियो । चैतको १३ गते उवासघंको कर कार्यालयमा मिस म्याच सम्बन्धीको हेल्प डेस्क स्थापना गर्याै । त्यसबाट चैत ३० गते सम्म ५७६ व्यवसायीहरूले उक्त हेल्पडेस्कबाट लाभ लिएर उहाँहरू जरिवानाबाट जोगिनु भएको छ भने कर कार्यालयलाई हामीले २ करोड ४८ लाख ३६ हजार रुपैयाँ यो १३ दिनको अवधिमा सङ्कलन भएको छ । 

राज्यलाई पनि हामीले कर उठाइदियौ र व्यवसायीलाई पनि हामीले सुविधा दियौ र मिस म्याचको जरिमानाबाट बच्नुभयो । कतिपय व्यवसायीलाई मेरो मिस म्याचमा तिर्नु पर्ने पैसा छ भन्ने थाह थिएन तर हामीले स्थापना गरेको हेल्पडेस्कबाट धेरै व्यवसायीहरूले लाभ लिनु भयो । 
यस्तै, हामीले धेरै अन्तरक्रिया कार्यक्रमहरू गरेका छौ । बोर्ड मिटिङ मार्फत विभिन्न उप समितिहरू बनाएर व्यवसायीलाई फाइदा हुने व्यवसायीका हक हितका निम्ति के के काम गर्न सकिन्छ भनेर हामी लागी रहेका छौ । 
अध्यक्षमा निर्वाचित भएपश्चात् मैले ठुला ठुला उद्योगहरूमा भ्रमण गरेर त्यहाँका समस्याहरू बुझेर आएको छु । समय दिन नसक्दा आफ्नो व्यापार पछाडि परिरहेको भए पनि  मैले व्यवसायीहरूका  समस्याहरू सम्बोधन समेत गरिरहेको छु ।
घोषणा पत्र अनुसार व्यापारीका समस्या समाधान  योजना कसरी अघि बढिरहेका छन् ? 
घोषणा पत्रमा मुख्य गरी पार्किङको कुरा उठाएका थियौ, हामीले ३ पटक सम्म ज्ञापन पत्र बुझाई सकेका छौ स्थानीय सरकारले हामीलाई हुन्छ भन्दै टार्दै जानुभएको छ । मेयर हेम कर्ण पौडेल ज्युले इटहरी मुख्य चौकबाट ३०० मिटर छाडेर अन्य स्थानहरूमा दुवै साइडमा पार्किङ गर्ने व्यवस्था मिलाउँछौ भन्नू भएको छ । 
घोषणा पत्रमा कर सम्बन्धी तालिमहरूको कुरा उठाएका थियौ एक चरणमा त्यो पनि सम्पन्न भइसकेको छ । फेरि फेरि ३ महिनामा यस्ता कार्यक्रम गर्छौ । 
घोषणा पत्रमा नेपाल सरकार सँग करमा आबद्ध नभएका व्यबसायीहरुलाई आबद्ध गराउँछौ भनेका थियौ यही महिना भित्र जुन व्यवसायीहरूले प्यान नं नलिएर व्यवसाय गर्नु भएको छ यही महिना भित्र कर कार्यालय र उद्योग वाणिज्य सँगको समन्वयमा सबै व्यबसायीहरुलाई करको दायरामा ल्याउने कार्यक्रम अघि बढ्ने छ । 
र अन्य कुराहरू बिस्तारै हुँदै जान्छ । तर महत्त्वपूर्ण कार्यक्रमहरू अघि बढिसकेका छन् । 

व्यबसायीहरुलाई घरबेटीले भाडाबाट निकाल्छन् , अनावश्यक रूपमा भाडा बढाउँछन् यो विषयमा उद्योग वाणिज्य सघं इटहरीले कसरी सहजीकरण गर्छ  ? 
यो जटिल कुरा छ घरबेटीले सहजै रूपमा व्यवसायीलाई भाडाबाट निकाल्न सक्दैन कसैलाई त्यसका प्रक्रियाहरू छन् । 
म निर्वाचित भईकन २  ३ बटा ठुला मुद्दाहरू यश विषयमा आए । मैले अघि पनि भनिसके स्थानीय सरकारले गर्न नसकेको धेरै कामहरू उद्योग वाणिज्य सघाले गरिरहेको छ । 
प्रहरी प्रशासनले पनि मिलाउन नसकेको धेरै घटनाहरू हामीले मिलाएका छौ । इटहरी धरान रोडमा घरबेटीले ५ वर्षलाई घर दिए तर आफ्नो घर बेच्न खाली गर्न भनी भनियो यस्तो व्यवहारले व्यवसायी मारमा परेको कारण व्यवसायीको भाडा पनि नलिने र व्यवसायीले बनाएको संरचनाको क्षतिपूर्ति पनि दिने र दुवै पक्षमा मारमा नपर्ने हिसाबले उक्त मुद्दा मिलायौ । घरबेटीको घर बहालको कुरा हामीले उपमहानगरपालिकामा उठाएका छौ । यस विषयमा ऐन बनेको छ । ऐनको लागू गरिनुपर्छ व्यबसायीहरुलाई जबरजस्ती तरीकाले लाद्दिएको छ । त्यो तपाईँहरूले उठाउन सक्नु पर्याे भनेर हामीले कुराहरू राखी सकेका छौ । ब्यबसायीहरुको मुद्दा जुन हाम्रोमा आयो त्यसलाई हामीले मिलाएका छौ र मिलाउने प्रक्रियामा छौ र उवासघंले व्यवसायीका समस्यालाई एकदम नजिकबाट हेरेको छ र म आफै पनि लागेको छु । 

कतिपय व्यवसायीलाई राम्रो सँग हिसाब र खातापाता राख्न आउँदैन त्यस कारण राजश्व आउँदा सटर बन्द गरेर भाग्नु पर्ने अवस्था आउँछ  यस्ता समस्या समाधान गर्न के के गर्नु भयो? 

यो व्यवसायीको लागि नै हो । वास्तवमा कतिपय व्यबसायीहरुलाई भ्याट,कर,अन्त शुल्कको बारेमा जनकारी नभई हिसाब राख्नुहुन्छ । हिसाब किताब व्यवसायको मेरुदण्ड हो । यही बिचमा हामीले कर सम्बन्धी तालिम र भिसीटिएसको एक दिने तालिम दिएका छौ । धेरै व्यवसायीहरू आउनु भएको छ । 
धेरै व्यवसायीहरू छुट्नु भएको छ । यसको लागि व्यवसायीहरूले माग गर्नु भएका तालिम गर्छौ । हैन भने मैले के सोचिरहेको छु भने चाडै हामी व्यवसायीकै दोकानमा गएर खाता किताब राख्ने विज्ञ ल्याएर तालिम दिऊ भन्ने कुरा उठाएको छु । 
किन भने धेरै व्यवसायीहरू व्यस्तताको कारणले गर्दा तालिममा आउनु हुन्न । त्यसैले जहाँ बढी व्यवसायी हुनुहुन्छ त्यही गएर तालिम दिने योजना छ ।  यो चाडै नै भई हाल्छ । व्यवसायीका हक हितका लागि व्यवसायीले महसुस गर्ने काम हुन्छ । हामीले नसक्ने काममा हामी पहल गर्ने हो । कर कार्यालय सँग हाम्रो सम्बन्ध राम्रो छ । समस्यामा परेका ब्यबसायीहरुलाई हामीले स्थलमै गएर समाधानको लागि पहल गरी रहेका छौ । 

व्यापारीको समस्या  सडक पार्किङ को समस्या समाधान कार्य कसरी अघि बढिरहेको छ ? 

सडक पार्किङ मेरो एजेन्डा नै थियो इटहरीमा ठुलो समस्याको रूपमा सडक पार्किङ रहेको छ । 
विकासको नाममा सडक पार्किङ नदिने भन्ने कुनै पनि सहरमा हुँदैन । इटहरीमा व्यवसायीहरुलाइ सडकमा पार्किङ गर्न नदिने हो भने व्यवसायीहरू कहाँ जाने हो त ? यदि त्यस्तै हो भो इटहरी सहर डाईभर्ट भएर  जान सक्छ । 
मेयर ज्युलाई हामीले ३ पटक ज्ञापन पत्र बुझाएका छौ मुख्य चौकबाट २०० मिटर आसपास बाहेकका सडकमा  पार्किङ बनाऔँ भन्दा उहाँ पनि पोजेटिभ नै हुनुहुन्छ । पार्किङको लेन छुट्टाएर रङ्ग लगाउन प्राविधिक ल्याएर काम सुरु गर्नेबारे पनि कुरा भएको छ , मेयर ज्युको व्यस्तताको कारणले गर्दा यही ठाउँ यति नै भनेर छुट्ट्याइदिन भएको छैन केही समय हेरौँ भएन भने विकल्प खोजौला । 

आर्थिक मन्दीका कारण ऋणको समस्या बढेको छ ।  बैकले व्यापारीलाई तनाव दिएर घरमै सेक्युरिटी गार्ड पढाउन थालेको छ यो समस्या समाधानको लागि के गर्दै हुनुहुन्छ ? 

यो पनि अहिलेका व्यवसायीहरूका समस्या नै हो । व्यापार नभएर नै यो समस्या निम्तिएको हो । बैङ्कहरू यो भन्दा अगाडि १० औ १५ औ वर्षसम्म  त्यही व्यापारी कै ब्याजले चलेको हो । तर केही समय अप्ठ्यारो पर्याे भन्दैमा लिलाम नै गरिहाल्ने गार्ड नै पठाई हाल्ने बैकको ठुलो बदमासी हो । 
बैकको विषयमा इटहरीका नागरिक समाज ,यहाँका बुद्धिजीवीहरू र राजनैतिक ब्यक्तित्वहरुलाई राखेर कुराकानी गरेका छौ । 
हामीले उद्योग वाणिज्य महासङ्घलाई दबाब पत्र समेत पठाई सकेका छौ । केही समय पछि समस्याको समाधान हुन्छ भन्ने कुरा आइरहेको छ । अहिले तत्काल ब्यबसायीहरुलाई राहत दिन उद्योग वाणिज्य सघं इटहरीले बैङ्कर्षहरु सँग अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गर्नेबारे सोचिरहेका छौ । 
लिलामको प्रक्रियामा आउँदा ठिकै छ । तर घरमा गार्ड पठाएर दादागिरी जस्तो मै हुँ भन्ने साढे जस्तो गरी बैकले गार्ड पठाएकोमा हामी घोर विरोध गर्छौ । 
उद्योग वाणिज्य सङ्घ सुनसरीमा पनि मैले नै कुरा उठाएको छु । यस्तै गतिविधि भएमा उद्योग वाणिज्य सघं नै उक्त गार्ड भएको ठाउँमा गएर के गर्न सकिन्छ त्यो प्रक्रियामा हामी जान्छौ । हामीले बैकहरूलाई गार्ड नपठाउनुहोला भनेर  अनुरोध पनि गरेका छौ । जबरजस्ती पठाउनुहुन्छ भने हामी जति बेला पनि बैक सँग कुरा गर्न हामी तयार छौ। 
इटहरीका व्यवसायीको हितमा तपाईँको अबको योजना के छ ? 
उद्योग वाणिज्य सघं इटहरी सगं संरचनाहरू मात्रै छन् यसमा काम गर्ने संयन्त्रहरू छैनन् । बजेट छैन, आगामी खर्चहरूका कारण पुरानो ऋण तिर्न सकिरहेका छैनौ ।  त्यस कारण केही काम गर्न पाइएको छैन । भौतिक संरचनामै पनि कमी छ । हामीलाई ट्रेनिङ हलको अभाव छ । मिटिङ हलको पनि अभाव छ । 
मेरो कार्यकालमा ब्यबसायीहरुको लागि मैले धेरै तालिम दिन्छु , ब्यसायीहरु अन्जानमा नजानेर कुनै पनि करको जरिवानामा नपरुन् भन्ने म चाहन्छु । आगामी दिनमा पर्यटन देखि मेला महोत्सव उद्यमी मेलाहरू लगाउने तयारीमा हामी छौ । महिला उद्यमी मेला सिपमूलक कार्यक्रम ल्याउन हामी महासङ्घसँग पहल गरी रहेका छौ । अब आउने दिनहरूमा व्यवसायीलाई कस्तो किसिमको ट्रेनिङ आवश्यकता छ त्यो ट्रेनिङ ल्याउन हामीले पहल गरेका छौ र आगामी दिनहरूमा उद्योग वाणिज्य सङ्घले व्यवसायीहरूका लागि मन छुने खालको कार्यक्रमहरू  गर्ने छ । 
हाम्रो टिम नै यो कार्यकाल सफल बनाउन र कुनै पनि व्यवसायीलाई समस्या परेको बेला उवासंघ जहिल्यै व्यवसायी सँगै  हुनेछ ।