इटहरी । इटहरी अस्पतालको २४ घण्ट आकस्मिक सेवाको दुई पल्ट सेवा शुभारम्भको उद्घाटन भएको छ । इटहरी उप महानगरले सञ्चालन गरेको इटहरी अस्पतालको अकस्मीक सेवाको उद्घाटन २०७६ साल साउन ४ गते तत्कालीन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । सोही अस्पतालको २४ घण्टे इमरजेन्सी ल्याब फार्मेसी एक्स-रे र इन्डोर सेवाको उद्घाटन इटहरी उप महानगरका मेयर हेम कर्ण पौडेलले शुक्रवार गरे । २४ सै घण्टा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गर्दा मेयर पौडेलले २०७६ सालमा नेपाली काँग्रेसको नगर सभापतिको हैसियतले भाषण समेत गरेका थिए । ४ वर्ष पछि भने उनले पुन आकस्मिक सेवाको शुभारम्भ पौडेल आफैले गरे । इटहरी अस्पतालले आजबाट भने ल्याब, फार्मेसी एक्स-रे र इन्डोर सेवा भने २४ घण्टा नै दिने जनाएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेले सो सेवाको उद्घाटन गर्दा अस्पतालले इसीजी, एक्स रे, नेवुलाइजेशन सेवासहित एक कार्डियाक मनिटरसहित ५ वटा बेड सुविधाको इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएको थियो । अस्पतालमा आकस्मिक सेवा उद्घाटन भएको १ वर्ष पुगेको उपलक्ष्यमा उद्योग वाणिज्य सङ्घ इटहरीका तत्कालीन अध्यक्ष भीम पौडेल एउटा शव बाहान दिने घोषण समेत गरेका थिए ।
आजबाट भने अस्पतालमा ४ जना विशेषज्ञ डाक्टरले सेवा दिने छन् । बिशेज्ञ डाक्टर सहितको सेवा दिने २४ घण्टे इमरजेन्सी सेवाको उद्घाटन गर्दै इटहरीका मेयर हेकमर्ण पौडेलले ‘चुनावताका प्रतिबद्धता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको बताए । उनले भने अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ।
अस्पतालको थप भवन निर्माणाधीन अवस्थामा रहेकाले गर्दा त्यो पूरा भएपछि अरू सैया थप गरिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने पनि जानकारी दिइयो । अब एक वर्षभित्रमा आइसियु, एनआइसियू र भेन्टिलेटरको समेत व्यवस्था गरिने छ ।
२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रूपान्तरण भएको हो ।