विराटनगर । विचौलीया इनाम सापकोटासँग नाम जोडेर झापा कन्काई नगरपालिकाका यशु खतिवडाले आत्महत्या गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले दुई दिन अघि आत्महत्या गरेका हुन् । खतिवडा झापाको लक्ष्मीपुरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए । फोटाग्राफी र भिडियोग्राफी व्यवयासय गर्दै आएका खतिवडा घरमैमा मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खतिवडाले कोठामा चुकुल लगाएर उनले आत्महत्या गरेको थिए ।
आत्महत्या गर्न अघि खतिवडाले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडेर स्टाटस लेखेका थिए । उनले लेखेका छन्, मेरो गल्ती को सजाय मेरो परिवार लाई नदीनु होला। म आफूले आफैँलाई सजाय दिने छु। उनले आफूले भोगिरहेको जिन्दगीका कारण आफुले आफैलाई सजाय दिएको दावी गरेका छन् ।
उनले लेखेका छन्, मेरो यो आज भोगिरहेको जिन्दगी नै मेरो लागि सजाय हो।सबै धर्मको सम्मान र शान्ति को काममा गर्दछु।आफ्नै मन को कारण यो सबै हुनगयो ।
उनले आफू माया रुपी मन बाट बाहिर आउन नसक्नु नि आफ्नो कमजोरी भएको दावी गरेका छन् । उनले आफूबाट कमजोरी भएको भन्दै सबैसग मा क्षमा याचना गर्दै सवैमा शान्ति को कामना गरेका छन् ।
उनले लेखेको अर्को स्टाटसमा भने विचौलीया इनामको नाम जोडेका छन् । थर नलेखि खतिवडाले स्टाटस लेख्दै दोष आफ्नो भएको भन्दै परिवारलाई यो बिषयमा नजोड्न आग्रह गरेका छन् ।
उनले इनमको मोवाइल ह्वाटस्अप बाटा म्यासेज आएको र डिलिट भएको दावी गरेका छन् । उनले लेखेका छन् जुन ईनम को मोबाइल ह्वाट्सअप बाट आएको भनिएको त्यो मेरो परिवार र निर्दोष बुबा लाई फसाउन अरू कसैले रचिरहेका नाटक मात्र हो । अरू नै कसैले म्यासेज गरिरहेको रहेछ। र डिलिट गरिरहेको रहेछ ।मेरो आमा बुबा दाजु भाउजू दिदी कसै लाई मैले गतेको साधना को बारेमा थाहै छैन र साधना गलत पनि होइन। मेरो कारण परिवार लाई दोष नलाई दिनु होला । खतिवडाले को इनाम भनेर स्पष्ट लेखेका छैनन् । उनले के साधना गरे भनेपनि बताएका छैनन् ।
खतिवडाका छिमेकी तथा साथी लिलाराज झापालीले इनमसँगको सम्बन्धको बारेमा आफूलाई थाहा नभएको बताए । उनले भने, यसु मेरो सानैदेखिको साथी हो । भिडियो र फोटोग्राफी गर्ने यसु केहि दिन देखि भने मानिसीक समस्यामा थियो । परिवारले समयमै उसको मानिसीक समस्याका बारेमा थाहा नपाएको बताए । उनले भने, उ सामान्य मानिस हो । यस्तो निर्णय गर्छ भन्ने कसैले थाहा पाएन ।
मानिसीक रोगी भएको प्रहरीका दावी
इनमको नाम जोडेर आत्महत्या गरेका खतिवडा मानसीक रोगी भएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालउ झापाका प्रहरी उपरिक्षक बसुन्धरा खड्काले विचौलीय इनमसँगको सम्बन्धका बारेमा केहि नखुलेको बताइन् । उनले भनिन् उ मानिसीक रोगि रहेछ । सोही कारण आत्महत्या गरेको हुन सक्छ । मृतकको पोष्टमार्टम भएको र आजै अन्तेष्टीका लागि परिवारले शब बुझको खड्काले बताइन् । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको खड्काले बताइन् । केहि कनेक्सन रहेछ भने अनुसन्धान पछि खुल्ला अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । छिमेकी लिालाराजले आजै उनको अन्तिम दाहसस्कार गरेको बताए ।










