इटहरी । नेपाल तरुण दल सुन्दरहरैँचाको सभापतिमा कमल ढुङ्गाना मनोनीत भएका छन् । वैशाख १७ गते बसेको तरुण दल सुन्दरहरैँचाको बैठकले ढुंगानलाई सभापति बनाउने निर्णय गरेको हो । उनी यस अघि सुन्दरहरैँचा तरुण दलको सचिव थिए । सचिव ढुङ्गानालाई सभापतिमा मनोनीत गरेको हो । तरुण दल सुन्दर हरै चाका सभापति प्रकाश श्रेष्ठ स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि सो पद रिक्त थियो । संयोजक मिलन श्रेष्ठ पनि नेपाली काँग्रेसको क्षेत्रीय सदस्य भएका छन् ।