इटहरी । रामबृक्ष मेहता  सुनसरीको देवानगञ्जका किसान हुन् ।  उनी यस क्षेत्रकै व्यबसायीक खेती गर्ने किसानमा पर्छन्  । उनी ४ विगाहमा तरकारी खेती गर्छन् । गहुँ, धान, मकै पनि लगाउँछन्। धान गहुँ मकैको खेती बिउका लागि गर्छन् । मेहताको कुशवाह बिउ विजन कम्पनी छ । बिउ विजन कम्पनीका लागि आवश्यक पर्ने बिउ उत्पादनका लागि वरी परिका किसानसँग रामबृक्षले सहकार्य गरेका छन् । रामबृक्षले आफ्नो खेतीमा रासायनिक मल हाल्न छाडेको बर्षौ भएको छ । समयमा रासायनिक मल पाउन छाडेपछि उनले गँड्यौले प्राङ्गारिक जैविक मल उत्पादन गर्न थाले । उनको गँड्यौला फार्मबाट वर्षको ६ सय टन भन्दा बढी प्राङ्गारिक जैविक मल उत्पादन हुन्छ । आफूले उत्पादन गरेको मल खेतबारीमा हाल्छन् । उभ्रिएको मल बिक्री गर्छन् । उनी वर्षमा ३ सय सय टन जैविक मल बेच्छन् । एक किलो जैविक मलको दाम २० रुपैयाँ पर्छ । गँड्यौला पालन गरेरै वर्षको लाखौँ आम्दानी गर्ने किसान रामबृक्षसँग सञ्चारपाटीका लागि गरिएको कुराकानी । 


भिडियो बुलेट खतिवडा