विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको नव निर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ।  विराटनगरमा एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन भएको हो । नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत सहित कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूको पदस्थापन भएको हो । महासङ्घ कोसी प्रदेश समितिका निवर्तमान अध्यक्ष टिकाराज ढकालले नवनिर्वाचित अध्यक्ष राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।  नवनिर्वाचित अध्यक्ष राउतले प्रदेश समितिका पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।    २०७९ चैत्र ९ गते झापाको बिर्तामोडमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश समितिको ५औँ वार्षिक साधारण सभा र तेस्रो अधिवेशनबाट राउत अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष राउतको वरिष्ठ उपाध्यक्षमा भीम पौडेल, उपाध्यक्षमा कुमार मणि पोखरेल र कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका थिए । प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना, वीरेन्द्र साह, धु्रर्वलाल श्रेष्ठ, राजन श्रेष्ठ, दीपक पाण्डे, रविन दाहाल, श्रवण अग्रवाल र भविष श्रेष्ठ कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित भएका थिए ।FNCCI koshi
अध्यक्ष राउतले सङ्कटग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र, उद्योगी व्यवसायीहरूमाथि परेको असर तथा वर्तमान देशको राजनैतिक अस्थिरताका कारण हामी माथि थुप्रै चुनौतीहरू रहेको बताएका छन् । यसलाई समाधान गर्न सबै एक भएर लाग्नु पर्ने बताए । 

उनले अहिले देशको आर्थिक अवस्था विकराल रूपमा रहेको छ, उद्योगी व्यवसायीहरू बैङ्कको ऋण र व्याजबाट त्रसित भएको बताएका छन् ।  ‘नयाँ लगानी आउन सकिरहेको छैन, देश आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको छ, उनले भने, यस्तो अवस्थामा नेपाल उद्योग वाणिज्य महासङ्घको भूमिका सक्रिय रूपमा हुनु पर्दछ ।’