विराटनगर । कोसी प्रदेशमा यस वर्ष किसानलाई रासायनिक मलको अभाव नहुने साल्ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ। साल्ट्रेडिङ र कृषि कम्पनी मार्फत रासायनिक मलको व्यवस्थापनको काम भइरहेको जनाएको हो । रासायनिक मल आयात गर्दै आएको साल्ट ट्रेडिङले यो वर्षका लागि आवश्यक पर्ने रासायनिक मल आइसकेको र आउने चरणमा नै रहेको बताएको छ ।
सरकार दिएको कोटा मध्ये ३० प्रतिशत रासायनिक मल साल्ट ट्रेडिङमार्फत आउने गरेकोले यो वर्ष साल्ट ट्रेडिङले वितरण गर्ने रासायनिक मलमा कुनै समस्या नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगर कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । यो भन्दा पहिला २७ हजार ५ सय मेट्रिकटन युरिया आएकोमा थप २६ हजार ५ सय मेट्रिकटन युरिया भन्सार आइपुगेको छ । 
आइतबार मात्र पनि २६ हजार ५ सय मेट्रिकटन रासायनिक मलमा विराटनगर भन्सारमा आइपुगेको उनले जानकारी दिए । उल्लेखित रासायनिक मल मध्ये २१ दशमलव ५२ प्रतिशत कोसी प्रदेशका जिल्लाहरूले खपत गर्न पाउने उनले बताए ।

‘आयात भएको मल पनि अब कोसी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट बाँडफाँड हुने छ,’ उनले भने, ‘त्यसको आधारमा सम्बन्धित पालिकामा पठाइएपछि किसानहरूले युरिया मल पाएर्नौँ भन्ने समस्या यो वर्षको लागि अन्त्य हुने आशा लिएका छौँ ।’
२६ हजार ५ सय आउँदै गरेको मल बाहेक पनि गोदाममा प्रशस्त मल रहेको चौधरीले बताए । १ हजार ५ सय १४ मेट्रिकटन युरिया, ८६२ मेट्रिकटन डिएसपी अहिले पनि गोदाममा स्टकमा रहेको उनी बताउँछन् ।saltreding (1)

‘अहिले पोटास हामीसँग छैन, उनले भने, माग भए पनि कोटा पाएका छैनौँ, अब एलसी खुल्दैछ कोटा पाएपछि हामी आयात गरिहाल्छौँ ।
यसरी हुन्छ रासायनिक मलको कोटा वितरण सरकारले उपलब्ध गराएको मलको कोटा पहिला प्रदेश कृषि मन्त्रालयमा त्यसको विवरण पुग्छ । कसले कति रासायनिक मल ल्याउने भन्ने कोटा केन्द्रीय सरकारले तोक्ने भए पनि आयात भएको मलको कोटा निर्धारण प्रदेश सरकार कृषि मन्त्रालयले निर्धारण गर्दै आएको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयमा रहेको समितिले पालिका अनुसार कोटा निर्धारण गर्छ । त्यसको आधारमा साल्ट ट्रेडिङले पालिकालाई पत्र लेख्ने गरेको छ । नजिकै रहेको डिलर मार्फत कर्पोरेसनमा पत्र आउने र त्यसैको आधारमा रासायनिक मल बिक्री वितरण हुने गरेको उनले बताए । पालिकाले लग्ने मल किसानलाई मल बिक्री वितरण गरेर किसानले प्राप्त गरेको मलको तथ्यांक सहित किसानको मोबाइल नम्बर, किसानको लालपुर्जा, नागरिकता विवरण तथा कुन मल कति लगेको भन्ने हस्ताक्षर सहितको पत्र साल्ट ट्रेडिङमा पठाउनु पर्ने व्यवस्था रहेको छ ।
पालिकामा उपाध्यक्षको नेतृत्वमा रहेको समितिले प्रमाणित गरेर पत्र प्राप्त भएपछि मात्र बाँकी अर्थात् अर्को चरणको रासायनिक मल त्यस्ता डिलर अर्थात् सहकारीहरूलाई दिइने गरेको चौधरी बताउँछन् । यस वर्षदेखि ९२ हजार ५०० मेट्रिकटन रासायनिक मल ल्याएर बेच्न कोटा साल्ट ट्रेडिङलाई दिएको छ ।
‘पहिलादेखि पाउँदै आएको ५० हजार मेट्रिकटन हाम्रो भागको र अर्को क्षेत्रलाई दिँदै आएको ४२ हजार मेट्रिकटन समेत गरी यो पटकदेखि हामीलाई ल्याउन अनुमति दिइएको छ, चौधरीले भने, साल्ट ट्रेडिङमार्फत ल्याउन सजिलो र चाँडो हुने भएकोले सरकारले विश्वास गरेको छ, सरकारले गरेको विश्वासको आधारमा काम हामीले गर्दै आएका छौँ ।’346151428_1308231806718562_3438688181363273481_n

यसपालि चाँडो मल आएको उनको दाबी छ। २६ हजार ५ सय आइसकेको र बाँकी मल पनि लोडिङको चरणमा रहेकोले यसपाली किसानलाई रासायनिक मलको अभाव हुन नदिने उनको दाबी छ । ‘किसानको मागका आधारमा यो वर्ष किसानलाई मलको अभाव हुन दिन्नौँ,’ उनी भन्छन्, ‘पर्याप्त मात्रामा नभएपछि किसानलाई दुःख हुँदैन ।’  डिएसपी जेठदेखि आवश्यक पर्ने भएकोले त्यो बेलासम्म डिएसपी पनि आई सक्ने उनको भनाई छ ।

‘पहिलाको जस्तो धान रोप्ने बेलामा रासायनिक मल नपाएर भौँतारिनु पर्ने अवस्था आउँदैन, उनले भने, यो वर्ष हामीले हाम्रो तर्फबाट गर्ने तयारी गरेका छौँ, अपुग हुँदा पनि आवश्यक जोहो हामी गर्दैछौँ ।’ उनले यसरी वितरण गरिने मल सहकारी संस्थाहरू मार्फत किसानसम्म पुग्ने बताए । ‘हामीले आफैँले बाँड्न सक्ने अवस्था हुँदैन, उनले भने, हाम्रा डिलरहरू भनेको सहकारीहरू नै हुन्, सहकारी मार्फत किसानको खेतसम्म रासायनिक मलहरू पुग्दै आएको छ।’