इटहरी  । इटहरी उपमहानगरपालिकाले तार व्यवस्थित अभियान चलाउने भएको छ।   Itahariसडकका पोलमा तारले जेलिएको तथा आगो लाग्न थालेपछि  उपमहानगरपालिकाले चासो दिएको हो । इटहरी उपमहानगरपालिकाले अव्यवस्थित तार  व्यवस्थित गर्ने केबुल तथा इन्टरनेट कम्पनीहरूसँग छलफल गर्दै तत्काल  समस्या समाधान गर्न निर्देशन दिएको हो । wareeee हरेक पोलमा  धेरै तार भएर आगलागी बढेको स्थानीयको गुनासोका आधारमा इटहरीमा सेवा प्रदान गर्दै आएका  केबुल तथा इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल गरी इटहरी उपमहानगरपालिकाले तार व्यवस्थापन गर्ने निर्देशन दिएको इटहरी उपमहानगरका प्रवक्ता दिवस पोखरेलले जानकारी दिए । ‘पोलमा तार झुन्ड्याएर केही कम्पनी हाम्रो सम्पर्कमा समेत आएका छैनन्, उनले भने,  हामीले पटक–पटक आग्रह गरे पनि सम्पर्कमा नआएका सेवा प्रदायकहरूले दिइएको निर्देशन अनुसार  काम नगरे  ती कम्पनीहरूको तार काटिदिनेछौँ ।’ wareeeअव्यवस्थित तारले बजार कुरूप बन्दै गएपछि यसलाई व्यवस्थित गर्नु पर्ने चुनौती देखिएको छ। उपमहानगरपालिकाले लिएको नीति विपरीतका  गतिविधि गर्ने इन्टरनेट सेवा प्रदायकहरू कारबाहीमा पर्ने पोखरेलले बताए ।  उपमहानगरपालिकाले इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो केबुलको तारमा फरक फरक खालको स्टिकर टाँस्न भनिएको  पोखरेलले जानकारी दिए । wareeeewarebijulibijuli ware