इटहरी । नेकपा एकिकृत समाजवादी पार्टीको कोशी प्रदेश कमिटीले भ्रष्टचार बिरुद्ध रिले अनशन गर्ने भएको छ । सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै भोली मंगलवारबाट अनशन थालिने जानकारी दिइएको हो ।
भुटानी शरणार्थी प्रकरणमा देखीएको मात्र नभई अहिलेसम्म सतहमा देखा परेका सम्पुणर् भ्रष्टचारको बिरुद्ध अनसन बस्न लागीएको बताइएको छ । सरकार भ्रष्टचार नियन्त्रण गर्न शुसासन कायम गर्न आर्थिक संकटको अन्त्य गर्न र जनताको निराशालाई आशा र बिश्वासमा परिणत गरोस भन्ने दबाव सिर्जनाको लागि इटहरी उपमहानगर अगाडी अनसन बस्ने बताइउको छ ।
नेकपा एसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश मोर्चा संगठनका इन्चार्ज केशव कुमार विष्टिले अनसन १२ घण्टाको हुने वताए ।