विराटनगर । इटहरीमा तीन दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। विपद् सम्बन्धी सम्भावित विपद् जोखिम न्युनिकरणको लागि इटहरीमा तालिम आयोजना गरिएको थियो ।  नेपाली सेना कृष्ण दल गण र इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा इटहरीमा भएको तालिम सम्पन्न भएको हो ।bipad (2)

कृष्ण दल गण इटहरीका प्रतिनिधीहरुले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपद् र त्यसबाट हुने क्षति न्यूनीकरणको बारेमा प्रशिक्षण दिएका थिए ।  विपद् आई परेको खण्डमा मानवीय र भौतिक क्षति हुन नदिन गरिने अभ्यासहरूको बारेमा प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणमा इटहरीमा बाढीका कारण बर्षेनी ठुलो धन जनको क्षति हुने भन्दै त्यसबाट जोगिन विभिन्न सुरक्षा सावधानीहरू अपनाउनु पर्नेमा जोड दिइएको छ । bipad (3) 1तीन दिने तालिममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नेपाल स्काउट, इटहरी उपमहानगरपालिकाका २० वटै वडाका जन प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तालिममा इटहरी उपमहानगर परिसर भित्र रहेको मेचिकाली पोखरीमा  विपद् व्यवस्थापनको अभ्यास गरिएको थियो । bipdd