विराटनगर । पछिल्लो समय मोरङमा चोरीको शृङ्खला बढ्दै जान थालेको छ ।  घटना अनुसार कतिपय चोरीका घटनाहरूमा संलग्नलाई प्रहरीले पक्राउ गर्ने गरेको छ भने कतिपय चोरी गरेर फरार हुँदै आएका छन् । पछिल्लो चोरीको घटनामा भने प्रहरीले ठुलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले २० तोला सुन, ३६ किलो चाँदी चोरीमा संलग्न रहेको आरोपमा  तीन जनालाई पक्राउ  गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका वडा नम्बर ३  का जय किशोर चौधरीको घरमा चोरीमा संलग्न रहेको अपरोपमा ३ जनालाई सार्वजनिक गरेको हो । sunchadi (1)पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत  र २२ वर्षीय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । जेठ २ गते   चोरी भएको बारेमा घरधनीले प्रहरीलाई खबर गरेको भए पनि एक हप्ता पछि मात्र चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।  प्रहरी प्रवक्ता डिएसपी दाहालका अनुसार, उनीहरूले २० तोला सुनको २० लाख तथा  ३६ किलो चाँदीको ४१ लाख गरी कुल ६१ लाख बराबरको सामान चोरी गरेका थिए । sunchadi (4) ‘चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ, प्रवक्ता दाहालले भने, चोरीमा संलग्न रहेका युवाहरू हाट खोलामा रहेको एक होटेलमा बसेर त्यहीँ चोरीको सामान राख्ने गरेको समेत पाइएको छ।’   प्रहरीले तीन जनालाई चोरीको सामान सहित भारत तर्फ जाँदै गरेको अवस्थामा कोसी प्रोजेक्ट नजिकैबाट पक्राउ  गरेको जनाएको छ। यस घटनामा संलग्न रहेको व्यक्तिहरूमाथि छानबिन गरी अन्य घरहरूमा पनि भएको चोरीको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले चोरीमा संलग्न रहेका व्यक्तिहरू मध्ये दुई जना यस अघि पनि चोरी अपराधमा संलग्न रहेर सजाय भुक्तान गरी निस्किएका व्यक्ति भएको जानकारी दिए । sunchadi (2) विवेक कामत  ९ महिना र श्रीकान्त दास २० महिना सजाय भुक्तान गरी रिहा भएका थिए ।  प्रहरीले पछिल्लो समय चोरीको घटनाहरू बढी रहेकोले सचेत रहन नागरिकसँग आग्रह गरेको छ । आफू घरबाट बाहिर जाँदा कुनै पनि गतिविधि सामाजिक सञ्जालमा हाल्न, आफ्ना विश्वासिला छिमेकीलाई बाहिर जाने कुराको बारेमा जानकारी गराई हेरचाह गर्न आग्रह गर्न तथा अहिले सस्तोमा सिसी टिभी पाउने भएकोले त्यसको प्रयोग गर्न एसपी पोखरेलले आग्रह गरे ।