इटहरी । नेकपा एकीकृत समाजवादीले इटहरीमा सुरु गरेको भ्रष्टाचार विरुद्धको रिले अनसन स्थगित गरेको छ । १० दिन देखि जारी भ्रष्टाचार विरुद्धको रिले अनसनको स्वरूप परिवर्तन गर्दै स्थगित गरिएको हो ।
अव भ्रष्टाचार विरुद्ध जनजागरण अभियान सञ्चालन गरिने छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आन्दोलनको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेसँगै रिले अनशन स्थगित भएको प्रदेश मोर्चा सङ्गठनका इन्चार्ज केशव विष्टले बताए ।
महासचिव भुसालले आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेपश्चात् आग्रहलाई स्वीकार गर्दै अनसन रोकिएको घोषणा गरेका छन् ।
१० दिन सम्म रिले अनसन बसिएको बताउँदै गर्दै इन्चार्ज विष्टले नेकपा एसले अब भ्रष्टाचार विरुद्ध जनजागरण अभियान सुरु गर्ने समेत बताए । उक्त कार्यक्रममा नेकपा एस् का केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत , कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, सुनसरी अध्यक्ष गोविन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासचिव तथा नेपाल सरकारका कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालले नेकपा एस् कोशी प्रदेशले इटहरीमा गरेको अनसनका कारण नेकपा एस् भ्रष्टाचारको विरुद्धमा छ भन्ने सन्देश गएको बताएका छन् । इटहरी उपमहानगरपालिका अगाडि भएको रिले अनसनलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।
मन्त्री भुसालले रिले अनसनबाट भ्रष्टचारीहरुलाई कारबाही गर्न दबाब पुगेको र भ्रष्टाचार विरोधी अनसनको कार्यक्रमको स्वरूप परिवर्तन गर्न आग्रह गरे ।