इटहरी । मोरङको सुन्दरहरैचा ५ स्थित बलिया चोकमा जारी बलिया महोत्सवमा आज राष्ट्रिय गायक कमल खत्रीको प्रस्तुती रहने भएको छ ।
मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा जारी प्रथम बलिया महोत्सव गत शुक्रबार देखि सुुरु भएको हो । जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुनरस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उद्घेश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ ।
महोत्सवमा करिब ४० देखि ५० वटा व्यापारिक स्टलहरुको साथै चर्चित कलाकारहरु रचना रिमाल, जिबब, एलिना चौहान लगायत स्थानिय तथा राष्ट्र कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
त्यसैगरी सो महोत्सवमा विभिन्न किसिमका खेललाई समावेश गरिने आयोजकले जनाएको छ ।