सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ५२ करोड ३ लाख ५४ हजारको बजेट ल्याउने तयारी गरेको छ । अध्यक्ष असिम राईको अध्यक्षतामा थुलुङ दुधकुण्ड गाउँपालिकामा सम्पन्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट उक्त सीमा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय अनुदान, प्रदेश अनुदान, आन्तरिक श्रोत तथा बैङ्क मौज्दातका आधारमा आयको अनुमानको तयारी गरेको हो ।
सङ्घीय सरकार वित्तीय समानिकरण १२ करोड २५ लाख, सङ्घीय सरकार सशर्त अनुदान २६ करोड ३० लाख, सङ्घीय सरकार विशेष अनुदान १ करोड २५ लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ३० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ३८ लाख ७९ हजार सात सय प्राप्त हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
प्रदेश सरकारबाट समानीकरण अनुदान ७८ लाख ३३ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट २९ लाख ८ हजार, आन्तरिक राजस्व अनुमान १ करोड १७ लाख ४३ हजार ५ सय र चालु आवको बैङ्क मौज्दात अनुमान गरि कुल ५२ करोड ३ लाख ५४ हजारको आय अनुमान गरि त्यसैका आधारमा बजेट निर्माण प्रक्रिया सुरु गरिएको अध्यक्ष राईले बताए ।