सुनसरी । धान उत्पादनको लागि उर्वरभूमी मानिएको सुनसरीमा किसानहरुले आफैले उब्जनी गरेको धानबाट बासमती चामलको उत्पादन गरेका छन ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत सुनसरीको धान जोनबाट किसानले आफैले उब्जनी गरेको बासमती धान प्रशोधन गर्न उद्योग नै स्थापना गरी बिभिन्न तीन किसिमका बासमती चामलको उत्पादन गरेका हुन ।
चामल प्रशोधनको लागि परियोजना इकाई कार्यलय सुनसरीबाट ५० प्रतिशत अनुदान सहयोगमा गढी गाउपालिका ३ मा स्थापना गरिएको उद्योगबाट उत्पादन सुरु गरिएको परियोजना इकाई कार्यलय सुनसरीका कृषी बिकास अधिकृत देबिन्द्र शाहुले बताए ।
स्थानिय स्तरमा कृषक आफैले उत्पादन गरेको चामल बिक्री बितरणका लागि भने बजारीकरणको समस्या रहेकोले तीनै तहको सरकारले यसमा सहयोग गर्नुपर्ने किसानहरुको भनाई छ ।