विराटनगर । कोशी प्रदेश सरकारको बरखास्तको माग राख्दै सवोच्चमा परेको रिट निवेदनेका विषयमा सुनुवाइ सकिएको छ । प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशकोमुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले जानकारी दिए । लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल , कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।