विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको बरखास्तको माग राख्दै सर्वोच्चमा परेको रिट निवेदन उपर कारण आदेश जारी भएको छ ।  न्याधिस सपना मल्ला प्रधानको इजलासले बरखास्तको माग सहित धारा १६८(३) अनुसार मुख्यमन्त्री  नियुक्तको माग सहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । 

बहस पछि यसमा के, कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार र कारण भए सो समेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी साउन ३ गते सम्म लेखेर पठाउन आदेश दिइएको छ । 
यस्तै कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको कुनै पनि आदेश नगर्न नगराउन अन्तरिम आदेश जारी भएको छ ।