विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तन भएरै छाड्ने बताएका छन् । निरन्तरको प्रयास जारी रहेको उनले बताए । 

विराटनगर विमानस्थलमा  पत्रकारसँग कुरार गर्दै  थापाले पार्टीका साथीहरुको साथ र सहयोगकोआधारमा संख्या पुग्ने वितिकै  संसदीय दलको नेता परिवर्तन हुने बताए ।  पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे ।

देशको आवश्यकता अनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ छ । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने बताए । 

केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न सकिएको छैन, थापाले भने,  बैठक बस्न नसक्दा राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको छ।