विराटनगर । कोशी प्रदेश सरकारको साहित्य काला र रङ्गमञ्चको क्षेत्रमा योगदान गर्ने कवि कलाकारलाई सम्मानित गरेको छ । कोशी प्रदेश सरकारले हरेक वर्ष स्रष्टा सम्मान गर्दै आएको छ । प्रदेश सरकारले यो वर्ष  एक लाख राशिको सर्वोकृष्ट भाषा साहित्य सम्मान तर्फ बम बहादुर राई (सुनसरी) र सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा डा सोमप्रसाद खतिवडा (मोरङ)लाई सम्मान गरेको हो ।somm
प्रदेश सरकारले  पचास हजार राशि सहित  उत्कृष्ट भाषा, साहित्य,कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (मिश्र बैजयन्ती) भाषा साहित्य बाट राधिका गुरागाईँ लाई सम्मान गरेको छ । यस्तै भाषा साहित्य तर्फ शङ्कर चापागाईँ ( धनकुटे कान्छा) साहित्य तर्फ वसुन्धरा देवी झा ( मैथिली) सम्मानित भएका हुन् । 
त्यस्तै सोही राशि सहित मीनकुमार श्रेष्ठ ‘नवोदित’लाई साहित्य, साजन सन्ध्या राई (सङ्गीत–गायन) , सङ्गीता कुमारी यादव (नृत्य–अभिनय) गणेश कुमार राई (भाषा साहित्य) सम्मानित भएका छन् । यस्तै , लक्ष्मी कुमार सेर्मा ( भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा ( साहित्य), नरपति पाण्डे भाषा÷साहित्य विधामा पुरस्कृत भएका हुन्  ।samman 1
त्यसै गरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृति तर्फ रङ्गकर्मी मिलन नेपाली (नाटक), युमन खालिङ राई (मनुहाङ किराँती) किराँती साहित्य, मनीषा आचार्य ( साहित्य), विमला राई (केयर लेस) भाषा/साहित्य र पुरुषोत्तम नेपाली लाई (गीतकार) विधामा सम्मानित भएका हुन् ।