काठमाडौँ । निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१।५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३।५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ । अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।
६ प्रतिशत भाडा बढ्ने
वायु सेवा सञ्चालक कम्पनीहरुले दिने हवाई यात्राको सेवामा पनि भोलिबाट मूल्य अभिवृद्दि कर (भ्याट) लाग्ने भएको छ । भोलिबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएकोले सरकारले बजेटमार्फत ल्याउने भ्याट लाग्ने उक्त नियम कार्यान्वयनमा हुने भएको हो । यसै सन्दर्भमा वायु सेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गरी हवाई सेवा सञ्चालक कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आह्वान समेत गरेको छ । भ्याट लाग्ने भएपछि हवाई सेवा कम्पनीहरुले हवाई यात्रामा लाग्दै आएको भाडा दर पनि ६ प्रतिशतले बढाउने भएका छन् ।
खास गरी भ्याट १३ प्रतिशत लाग्दछ । तर, हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा हवाई सेवा कम्पनीहरुले तिरेको भ्याट फिर्ता हुने भएकोले उनीहरुले ६ प्रतिशत मात्र हवाई भाडामा भ्याटबापतको रकम समायोजन गर्न लागेका छन् ।
यात्रुका लागि भने भोलिबाट ६ प्रतिशतले हवाई भाडा बढ्ने भएको छ ।