विराटनगर । मोरङ जिल्ला अदालतमा एक आर्थिक वर्षमा ६ हजार बढी मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा मोरङ जिल्ला अदालतमा ६ हजार ५ वटा मुद्दा दर्ता भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ३ हजार २९१ र नयाँ दर्ता भएका ६ हजार ५ गरी एक वर्षको बिचमा ९ हजार ३९६ मुद्दाको लगत देखिको जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रजंग राणाले जानकारी दिए । कुल मुद्दा मध्ये ६ हजार ७ सय ६२ मुद्दा एक वर्षमा फर्छ्यौट भएकोमा ३ हजार ६३४ मुद्दा नयाँ आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएको उनले जानकारी दिए । जिम्मेवारी सरेर आएका मुद्दाहरूमा २ वर्ष नाघेका १४ वटा रहेका छन्, श्रेस्तेदार राणाले भने, १८ महिना नाघेका १८८ वटा हुँदा एक बर्षका ४१६ वटा रहेका छन् । एक वर्ष भित्रको मुद्दाको संख्या ३ हजार २७ रहेको जानकारी दिइएको छ। लक्ष्यको तुलनामा १०४ दशमलव ६११ प्रतिशत फर्छ्यौट भएको छ भने लगतको तुलनामा ६१ दशमलव ३२ प्रतिशत देखिएको छ। न्यायाधीशलाई आधार मान्ने हो भनेँ प्रति न्यायाधीश ९३९ दशमलव ६ वटा मुद्दा रहेकोमा ५७५ दशमलव २ वटा मुद्दा फर्छ्यौट भएको राणाले जानकारी दिए ।