विराटनगर । नागरिकता किर्ते गरेको आरोप लागेका दुई जना जेल चलान भएका छन् । नागरिकतामा किर्ते गरेको उजुरीका आधारमा पक्राउ परेका उनी जेल चलान भएका हुन् । मोरङको लेटाङ नगरपालिका ७ बस्ने वर्ष ६१ का सुर्यहाङ लिम्बु र सुनसरी धरान उपमहानगरपालिका वडा नं.–११ बस्ने वर्ष ६० का सूर्य बहादुर फ्याङ्ग लिम्बु जेल चलान भएका हुन् । सुर्यहाङ लिम्बुबाबु भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.–१० घर भएका रविन गुरूङ, पोखरा महानगरपालिका १२ का १९ बर्षीय प्रशान्त मगर र पोखरा महानगरपालिका १६ बस्ने वर्ष २९ का गणेश गुरूङको झुठा विवरण पेश गरी सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुठो नागरिकता बनाएको प्रहरीले जनाएको छ। २०७८ माघ २४ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जिल्लाझुठा विवरण पेश गरी नागरिकता बनाएको कसूरमा पक्राउ परेका सुर्यहाङ लिम्बु र सूर्य बहादुर फ्याङ्ग लिम्बुलाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनीहरूलाई नागरिकता किर्ते गरेको मुद्दामा अनुसन्धान भएको थियो ।