विराटनगर । विराटनगरको महेन्द्र चोकमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। लक्ष्मी नारायण मन्दिर पाञ्चालीको आयोजनामा विश्व शान्तिको कामनामा दीप प्रज्वलन र श्रीविष्णु सहस्रनाम पाठ–पारायण पाठ पारायण गरिएको लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।
यस परम पवित्र पुरुषोत्तम मासको पावन अवसरमा श्रीलक्ष्मीनारायण मन्दिर पाञ्चालीले विश्व शान्ति र मानव शान्तिको कामनाको साथ दीप प्रज्वलन गरिएको हो, उनले भने, विश्व शान्तिको कामनामा दीप प्रज्वलन र श्री विष्णु सहस्र नाम पाठ–पारायण विशेष भएको हो ।
श्री लक्ष्मीनारायण मन्दिर पाञ्चाली विराटनगरले एक महिने धार्मिक अनुष्ठान सुरु भएको
छ
। कार्यक्रममा भागवत पुराण, वाल्मीकि रामायण, विष्णु पुराण, भागवत गीता लगायतका वाचन भइरहेको छ। लक्ष्मीनारायण मन्दिरमा मङ्गलवार देखी १ महिने धार्मिक अनुष्ठान सुरु भएको हो । नेपाल र भारतका गरी विभिन्न शक्ति पीठका १५ देखि २० हजार धर्मानुरागीहरुको सहभागिता रहने जनाइएको छ। साउन २ गतेदेखि शुरु भएको धार्मिक अनुष्ठान ३१ गतेसम्म चल्नेछ ।
लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने कृष्ण प्रपन्नाचार्यको १ सय वर्ष पुगेको अवसरमा मन्दिर व्यवस्थापन समितिले भव्य शताब्दी महोत्सव २०८० को आयोजना गरेको हो ।
लक्ष्मीनारायण मन्दिरले विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका ९० देखि १०० वर्ष उमेर पुरा गरेका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई यही बिचमा सम्मान गर्दैछ ।