विराटनगर । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले इनरुवामा सम्बोधन गर्दै छन् । उनीहरू आज एउटै कार्यक्रममा सहभागिता जनाउने छन् । नेपाली काङ्ग्रेस सुनसरीको जिल्ला सम्मेलनमा २ नेताहरूले आज  एउटै मञ्चबाट सम्बोधन गर्ने कायक्रम रहेको छ । सुनसरीको इनरुवामा आयोजित सभालाई दुई नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस सुनसरी सचिव वीरेन्द्र साहाले बताए । 
दुवै नेताहरूले बिपी कोइरालाको पुर्ण कदको सालिक अनावरण कार्यक्रममा सहभागी हुने छन्  । 
इनरुवाको बबियामा रहेको सालिक अनावरण पछि दिउँसो १ बजे जिल्ला सम्मेलनको उद्घाटन हुने कार्यक्रम  तय भएको उनले बताए । जिल्ला सम्मेलन हुन अघि  बिहान सम्पूर्ण पालिकामा वृक्षारोपण गर्ने र दिउँसो सम्पूर्ण नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम गरिने उनको बताए ।