विराटनगर । सुनसरी बरहाक्षेत्रका पत्रकार सुबिन बिश्वकमाई समाचार लेखेको विषयमा घरमै गएर ज्यान मार्ने धम्की दिइएको छ । बरहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले हिजो घरैमा गएर धम्की दिएका हुन् । 

मेयर कार्कीका विषयमा सुबिनले हिजो हाम्रो शब्द अनलाइनमा समाचार स्टोरी लेखेका थिए  । 

नेपाल पत्रकार महासङ्घ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज वराहक्षेत्रका सचिव विश्वकर्मालाई समाचार प्रकाशित भएपछि क्षेत्रीले भेट्न भनेका थिए । 

फोन पछि विश्वकर्माले भेट्न मानेनन् । भेट्न नमानेपछि  क्षेत्रीले तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ भन्दै फोन राखेका थिए । विश्वकर्माले भेट्न नमानेपछि क्षेत्री घरै पुगेर धम्क्याएको पत्रकार विश्वकर्माले बताए । 

सुकुटी चढेर विश्वकर्माको घर पुगेका क्षेत्रीले तिमी बढी भयौ घरमा रैछौ बाहिर भए हात खुट्टा भाँचिदिन्छु भन्दै धम्क्याएको अडियो रेकर्ड  सुरक्षित छ । 

घरमा पुगेका क्षेत्रीलाई पत्रकार विश्वकर्माले बस्न आग्रह गर्छन् । उनको आग्रहलाई अस्वीकार गर्दै क्षेत्रीले म बस्न आएको होइन भन्दै विश्वकर्मालाई धम्क्याउँछन् । 

कार्की नेपाली काँग्रेसका तर्फबाट वराहक्षेत्र नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । पत्रकार विश्वकर्मालाई धम्की दिने क्षेत्री मेयरका आफन्त समेत हुन् ।