इटहरी । कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्णइजलासमा मंगलबारदेखि बहस भइरहेको छ । हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो । पूर्णइजलासले बिहीबार फैसला सुनाउने छ । यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।