इटहरी । इटहरी उप महानगरपालिको भूमि करमा ( मालपोतको ) दरमा अत्याधिक वृद्धि गरेको छ । अघिल्लो वर्ष इटहरी उप महानगरपालिकाले ल्याएको आर्थिक ऐन भन्दा यस पटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएको हो ।
इटहरी नगर सभाले पास गरेको आर्थिक ऐन २०८०÷८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै होइन ग्रामिण क्षेत्रको जग्गाको समेत कर बढाएको छ ।
गत वर्ष धुरको सबै भन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँ सम्म पुर्याइएको छ ।
करको दर अत्यधिक बढाइएपछि सर्वसाधारण मारमा परेका छन् । इटहरीको मुख्य चोक कोशी राजमार्ग र पूर्व पश्चिम सडक खण्डको जग्गाको करको दर प्रति धुर १ सय रुपैयाँ पुर्याइएको छ ।
गत वर्ष सो जग्गाको भूमि कर २० रुपैयाँ लिइँदै आएको छ । गत वर्ष प्रति धुर ३ रुपैयाँ न्यूनतम २ रुपैयाँ लिँदै अहिले खेति हुने जग्गा कै प्रतिधुर ५ रुपैयाँ न्यूनतम पुर्याइएको छ ।
अघिल्लो वर्ष इटहरीकी लिला कुमारी पौडेलले जग्गाको भूमि कर ३ हजार २७ रुपैयाँ तिरेकी थिइन् यो वर्ष उनले सोही जग्गाको १६ हजार २ सय ६५ रुपैयाँ कर तिर्नु परेको छ ।
उप महानगरले अचाक्ली भूमि कर बढाएपछि विरोध समेत हुन थालेको छ । उप महानगरले जग्गाको मूल्याङ्कन बढाउँदै भूमि करमा अत्यधिक वृद्धि गरेको हो ।
हेर्नुस् इटहरी उप महानगरले बढाएको भूमि कर