सुनसरी - नेपाली सेनाको एक एक टु कुटी नेकपा एमाले संसदीय दलका नेता हिकमत कुमार कार्कीलाई सुरक्षा दिन उनको निवासमा पुगेको छ ।
नेपाली सेनाको जमदारको टोली कार्कीलाई सुरक्षा दिन उनको निवास पुगेको कार्कीले बताए । नेपाली सेनाले केही बेरअघि कार्कीलाई सम्पर्क गरेपछि सेनाको टोली उनको निवास पुगेको हो ।
सेनाको टोली सुरक्षा प्रदान गर्न आएपछि कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई नै दिइने तयारी भएको हुनसक्ने एमाले कोसी प्रदेश सभाका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।
यसअघि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आई नसकेको बहाना बनाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीलाई कामचलाउ मुख्यमन्त्रीको रूपमा पद बहाल गराउन अटेर गरेका थिए ।
सर्वोच्चको आदेशसँगै आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै कार्की मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, पूर्ण पाठ नआएको भन्दै मुख्यमन्त्री कार्यालयका कर्मचारीले पद बहाल गर्ने तयारी नगरेपछि कार्की मन्त्रालय नगई निवासमा गएका थिए ।
उनी आजै काठमाडौँबाट विराटनगर आएका हुन् । उनी विराटनगर आउँदा मुख्यमन्त्री कार्यालयले गाडीसमेत पठाएको थिएन । उनी एमाले संसदीय दलको नेताको रूपमा दिइएको गाडी लिएर निवास गएका थिए ।
उनीसँगै आएका तत्कालीन सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीलाई समेत मन्त्रालयले गाडी पठाएको थिएन ।