विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहान १० बजेकोलागि भनेर समय तोकिएको भए पनि  नेकपा माओवादी केन्द्र भित्र कुरा नमिलेपछि एकाएक साँझ ५ बजेलाई शपथग्रहणको समय परिवर्तन गरिएको थियो ।  बुधवार साँझ प्रदेश प्रमुखको कार्यालयमा थापाले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन् । 
नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ जना र जसपा १ जना सांसद सहित ४७ सांसदको समर्थनमा उनले मङ्गलवार दाबी पेस गरेका थिए । यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थापालाई साउन ११ गतेको सर्वोच्चको फैसलाले पदमुक्त भएका थिए । सभामुखको समेत समर्थनमा सरकारको मुख्यमन्त्री भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट माथि सुनुवाइ गर्दै थापाको नियुक्तिलाई असंवैधानिक भन्दै सर्वोच्चले खारेज गरिदिएको थियो  ।