विराटनगर एसोसिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा ज्ञानमणि नेपाल निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको विशेष साधारण सभाबाट नेपालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएको हो ।
नव निर्वाचित कार्यसमितिको अध्यक्षमा ज्ञानमणि नेपाल सहित उपाध्यक्षमा भैरव रिजाल चयन भए । त्यस्तै महासचिवमा भागवत नेपाल, कोषाध्यक्षमा नागेन्द्र यादव र सचिवमा निना राई चयन भएका छन् । नयाँ कार्यसमितिको सदस्यहरूमा तुलसीराम नेपाल, सञ्जीव विष्ट, सुमन लामिछाने, नारायण पौडेल, हिमा गौतम र गणेश विक्रम गोले चयन भएका छन् । विराटनगरमा रहेर ट्राभल्स एजेन्सी तथा पर्यटनको क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुको संस्था बाटाको नयाँ कार्यसमितिले आगामी दिनमा व्यावसायिक क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै पेसागत हितको लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। साधारण सभामा निवर्तमान अध्यक्ष फडिन्द्र अधिकारी, पूर्व अध्यक्ष भविष श्रेष्ठले पर्यटन क्षेत्रसँग जोडिएको यो संस्थाले आफ्नो व्यवसायसँगै सरकारलाई जबाफदेही बनाउने काममा लाग्नु पर्ने अवस्था रहेको बताए ।