विराटनगर । नेपाल टेलिकमले सिडिएमए सेवा बन्द भएको छ। २०६३ सालमा नेपाल टेलिकमले व्यावसायिक रूपमा सुरु गरेको वायरलेस प्रविधिमा आधारित सिडिएमए सेवा अब पुर्ण रूपमा बन्द गर्न लागेको नेपाल टेलिकमले जनाएको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सेवा बन्द गरिएको छ । नेपाल टेलिकमले यो सेवा ७७ जिल्लामा नै पु¥याउन सफल भएको थियो । प्रविधिमा आएको परिवर्तनसँगै कम्पनीले यो सेवालाई पूर्ण रूपमा बन्द गर्न लागेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगर कोशी प्रदेशका निर्देशक रीना डङ्गोलले जानकारी दिईन् ।
सिडिएमए सेवाका पोस्पेड तथा प्रिपेड सेवाका ग्राहकहरूलाई निःशुल्क सिम सहित निश्चित समय अवधिकालागि विभिन्न प्याकेजहरू थप गरी जिएसएम सेवामा परिवर्तन गर्ने उनले बताईन । अहिले भइरहेको सिडिएमए सिम जिएसएममा परिवर्तन गर्दा एउटा नम्बर मात्र परिवर्तन हुने पनि नेपाल टेलिकमले स्पष्ट पारेको छ। आजकै मितिदेखि सिडिएमए सिमहरू बन्द भएको उल्लेख गरिएको छ।
बन्द कार्यक्रममा नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक मिनु प्रधान, ब्याक बोन प्रसारण सेवा निर्देशनालयका निर्देशक विनीता श्रेष्ठ, प्रादेशिक निर्देशनालय विराटनगर कोशी प्रदेशका निर्देशक रीना डङ्गोल लगायत विभिन्न विभागका प्रबन्धक तथा उपप्रवन्धक, प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीहरू कार्यक्रममा सहभागी थिए ।