सुनसरी । काेशीमा जनता समाजवादी पार्टी(जसपा)कि प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शुक्रबार सपथ लिएकी छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनलाई पद तथा गाेपनियताकाे सपथग्रहण गराएका हुन् । लिम्बूले सपथ ग्रहण गर्ने क्रममा काेशी प्रदेशकाे नभई १ नम्बर प्रदेशकाे स्वास्थ्यमन्त्री भएकाे भन्दै सपथ लिइन् ।
गठबन्धन दल कांग्रेसका मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दाेलनरत पहिचान पक्षधरकाे माग सम्बाेधनका लागि प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी भएकाे छ । उनीहरूकाे माग सम्बाेधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी भएकाे हाे ।
मुख्यमन्त्री थापाले विश्वासकाे मत लिनुभन्दा अगाडि गठबन्धन दलबाट १/१ जना मन्त्री हुने पूर्व सहमति अनुसार जसपाकी सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा सपथ लिएकी हुन् ।
तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वकाे सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बूले पहिचान पक्षधरकाे आन्दाेलनमा सरकारले बल प्रयाेग गर्न लागएकाेबिराेधमा पार्टीकाे निर्णय अनुसार पदबाट राजिनामा दिएका थिए ।