विराटनगर । मोरङका पुराना वामपन्थी नेता कुमार चाम्लिङ (उदय बहादुर) राईको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको छ । लोकतान्त्रिक गठबन्धनका नेताहरूले संयुक्त श्रद्धाञ्जली सभा गरेका हुन । श्रद्धाञ्जली सभामा संविधान सभा सदस्य लाल बहादुर सुुसलिङ, चण्डी राई, प्रदेशसभा सदस्य मान बहादुर लिम्बु ,नेकपा एकीकृत सामवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी लगायतका नेताहरुले चाम्लिङले पुर्याएको योगदानको चर्चा गरेका थिए । स्वर्गीय चाम्लिङ नेकपा एकीकृत सामवादीका प्रदेश कमिटीका सदस्य तथा ट्रेड युनियन प्रदेशको उपाध्यक्ष थिए । पथरी शनिश्चरे निवासी राई विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध थिए ।उनलाई सामाजिक अभियन्ताका रूपमा चिन्ने गरिएको थियो । ६७ वर्षको उमेरमा साउन १७ गते उनको निधन भएको थियो ।