विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य गर्ने दुई वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा–पत्र सहित सम्मान गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को रूपमा सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरू मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी भएको छ । त्यस्तै प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरू मध्येबाट जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई प्रशंसा– पत्र प्रदान गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सर्वोत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दीपक बहादुर के.सी.लाई प्रशंसा–पत्र प्रदान गरेका छन् ।
प्रदेश प्रहरी प्रमुख बास्तोलाले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालयहरूलाई हार्दिक बधाई सहित आगामी दिनमा समेत प्रशंसनीय कार्य गर्न निर्देशन दिए । उनलाई अन्य जिल्ला प्रहरी कार्यालयलाई समेत उत्कृष्ट हुने गरि काम गर्न आग्रह गरे ।