विराटनगर । तेह्रथुम समाजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १५ पिन्ट रगत सङ्कलन भएको छ। समाजको प्रथम स्थापना दिवसको अवसरमा शनिवार विराटनगरमा  भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका हुन् ।  
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्दिय महामन्त्री  भूपतिलाल श्रेष्ठले तेह्रथुम समाजले आफ्नो गतिविधि समाज सेवामा लगाएकोमा प्रशंसा गरे । तेह्रथुमवासीको गौरवको रूपमा समाज सेवामा समर्पित भई रेडक्रस जस्तो अन्तर्राष्ट्रिय सङ्गठनमा महामन्त्रीको जिम्मेवारीमा रहेर योगदान पुर्‍याएका श्रेष्ठलाई समाजले सम्मान गरेको महासचिव उत्तम चौलागाईले बताए । raktadan
कार्यक्रममा विराटनगर ११ का वडा सदस्य कृष्ण भट्टराई, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुबोध सिंह, संस्थाका संस्थापक अध्यक्ष सुरेशमान श्रेष्ठ, सल्लाकारहरू डम्बरबहादुर कार्की, यज्ञेश्वर निरौला लगायतले संस्थाको बारेमा धारणा राखे । संस्थाका अध्यक्ष गोविन्द मान सिंह कार्कीको  अध्यक्षतामा सम्पन्न भएको थियो ।