विराटनगर । पर्यटन प्रवर्द्धनसँग सम्बन्धित चितवन, लुम्बिनी जस्तो केन्द्रको व्यवसायी लगानी कोशी प्रदेश हुन नसकेको पर्यटन क्षेत्रमा लाग्दै आएका व्यवसायीहरूले बताएका छन् ।  पर्यटन व्यापार हो, व्यापार गर्ने व्यवसायीहरू कोशी प्रदेशमा भित्र्याउन नसकिएको कारण गतिविधि बढ्न सकेको उनीहरूले बताए । 
सबै प्रदेशले आफ्नो संरचना अनुसार पर्यटन प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधिहरू बढाउने  नेपाल एसोसिएसन अफ ट्राभल एजेन्टस् (नाटा)मा आबद्ध व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्  । विराटनगरमा कोशी प्रदेश संवाद समूहले आयोजना गरेको संवादको क्रममा व्यवसायीहरूले सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र पर्न नसकेको औँल्याए ।  
समान पर्यटकीय सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रचार गर्ने, कोशी प्रदेशको पाथीभरा र गण्डकीको मुक्तिनाथलाई संयुक्त जोडेर पर्यटकीय क्षेत्रको रूपमा  प्रचार गरेर जाने र संयुक्त प्याकेज बनाउने बारेमा नाटामा आबद्ध व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसको लागि सरकारहरूले सहयोग गर्नु पर्ने उनीहरूको भनाई छ । nata
‘सडक सञ्जाल र हवाई कनेक्टिभिटी बढाउनको लागि प्रदेश सरकारहरूले हवाई क्षेत्रसँग सहकार्य गरेर नियमित उडान गर्ने खालको वातावरण बनाइनु पर्छ, व्यवसायीले भने, कुनै पनि नयाँ क्षेत्रमा लगानी गर्न खोज्दा योजना अनुसार हुनु पर्नेमा हवाई निजी कम्पनीहरूले योजना नबनाई पोखराबाट भद्रपुर र विराटनगर उडान गर्दा  अहिले बन्द गर्नु पर्ने अवस्था आएको छ।’  पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूसम्म पर्यटन गतिविधि बढाउन एक अर्को प्रदेश बिचको हवाई कनेक्टिभिटी बढाउने जरुरी रहेको  नेपाल एसोसिएसन अफ ट्राभल एजेन्टस् (नाटा)का मधेस प्रदेश अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ पर्यटन हवाई यातायात समितिका संयोजक मोहन शर्मा लामिछाने बताए । 368873974_817418089889410_3294282423160268130_nपर्यटनको विकासकालागि अन्तर प्रदेश हवाई उडान तथा पर्यटकीय गतिविधि हुने लुम्बिनी, बाग्मती र गण्डकी प्रदेशसँग सम्पर्क समन्वयमा सरकारहरूले बनाउने नीति प्रभावकारी हुनु पर्नेमा लामिछानेले जोड दिए । 
कोशी प्रदेशले विदेशी पर्यटक आकर्षित गर्न नसकेको भए पनि लुक्ला उडान प्रदेशबाट नै गर्न सकिए गतिविधि बढ्नेमा जोड दिइएको छ । कोशी प्रदेशले भारतीय पर्यटकलाई अन्य प्रदेशमा लगेर पर्यटकीय गतिविधि गर्दै आएको भए पनि विदेशी पर्यटक भित्र्याउन अन्तर प्रदेश पर्यटन गतिविधि बढाउनु पर्नेमा  जोड छ ।  उनीहरूले सामूहिक रूपमा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लाग्ने जनाएका छन् । 
नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहले  पर्यटन क्षेत्रको विकासकालागि सबै क्षेत्रको एकीकृत योजना हुनु पर्ने बताए । 369065233_648847400541136_8681013297489930003_nहोटल व्यवसायी, नाटा र उद्योग वाणिज्य सङ्घ मिलेर काम सुरु गरिएको उनले जानकारी दिए ।   तेस्रो मुलुकका पर्यटक नआएको भए पनि  उत्तराखण्ड र उत्तर प्रदेशको पर्यटक भित्र्याउन सकिने  बताए ।  मानसरोवर र खप्तडसँग जोडेर कोशी प्रदेशका पर्यटकलाई सुदूरपश्चिमसँग जोडेर जान आग्रह गरे । 'खप्तड जान पनि समस्या रहेको छ, पर्यटक खुसी भएर आएका छैन,उनले भने, ट्रेकिङ गाइडहरू र पैदल मार्ग बनाइएको छैन, निजी क्षेत्रले लगानी गर्न सक्ने खालको वातावरण बनाइएको छैन ।’
369146195_949825032764982_1271203205873635010_nनाटाका केन्द्रीय अध्यक्ष रमेश थापाले सङ्घ, प्रदेश र स्थानीय तहका बिचमा खोज अनुसन्धान र अन्तर प्रदेश पर्यटन प्रवर्द्धन गर्नको लागि योजना बनाउनु पर्ने र त्यसलाई सघाएर जान  पर्यटन व्यवसायीले भूमिका खेल्ने बताए ।  सातै प्रदेशमा रहेको पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसारका लागि पर्यटन बोर्डले वैदेशिक पर्यटन प्रवर्द्धनमा लैजानु पर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्रले आफ्नै पहलमा पर्यटनमा लगानी गरिरहेका छन्, उनले भने, त्यसमा राज्यले अनुदान वा सहयोग गर्ने नीति लिनु पर्छ।’
पर्यटन व्यवसायी भविश श्रेष्ठले आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने कुरामा पनि उनीहरूलाई टिकाउन र  गन्तव्य देखाउन नसकिएको बताए । bhabish‘कोशी प्रदेश सरकारले पर्यटन र हवाई गतिविधि बढाउनको लागि भूमिका खेलेको देखिएको छैन, उनले भने, केन्द्रमा रहेका व्यवसायीले कोशी प्रदेश पनि गन्तव्य हो भनेर प्रचार गरिदिने हो भनेँ हामी स्वागत गर्नको लागि तयार छौँ ।’ कुनै पनि नयाँ क्षेत्रमा लगानी गर्न खोज्दा योजना हुनु पर्ने, सहकार्य र समन्वय हुनु पर्नेमा निजी क्षेत्रका विमान कम्पनीहरूले समन्वय नै नगरी विराटनगर पोखरा उडान गर्दा अहिले बन्द गर्नु पर्ने अवस्था आएको बताए । 
नाटाका गण्डकी प्रदेश अध्यक्ष तथा पर्यटन व्यवसायी हरिराम अधिकारीले पदयात्राबाट सुरु भएको गण्डकीको पर्यटन आन्तरिक पर्यटनको हब बनाउन निक्कै ठुलो मेहनत गर्नु परेको बताए ।hariram पर्यटन व्यवसायीले व्यवसाय गर्ने हो तर त्यसलाई टिकाउने काम नीति निर्माण गरेर राज्यको तर्फबाट हुनु पर्ने बताए ।  
‘कोशी प्रदेशमा आएका पर्यटक गण्डकी प्रदेश पुगेका छन् उनले भने,   गण्डकी प्रदेशमा आएका पर्यटक कोशीमा आउन सकेको छैन यसको कारण भनेको सरकारको नीति स्पष्ट छैन ।’ 
कोशी प्रदेशको पाथीभरा र गण्डकीको मुक्तिनाथलाई संयुक्त जोडेर जान सकिने  बताए।  उनले कनेक्टिभिटीको सहज पहुँच नहुँदा गण्डकी प्रदेशले कोशी प्रदेशमा पर्यटक पठाउन नसकेको बताए । ‘कोशी प्रदेशका इतिहास बोकेका क्षेत्रहरु पनि प्रवर्द्धन र प्रचार प्रसार हुन सकेको छैन, उनले भने, त्यसले कोशी प्रदेशको पर्यटकीय गतिविधि बढ्न सकेको छैन ।’ नागरिकको चासो, सरकारको नीति, व्यवसायीको समन्वयमा पर्यटन प्रवर्द्धन गरेर जान सकिने उनले स्पष्ट पारे । 
पोखराका पर्यटन व्यवसायी प्रकाश पाण्डेले भारतीय पर्यटकको सम्भावना बोकेर रहेको कोशी प्रदेशमा भारतीय पर्यटकलाई गर्ने व्यवहार नै  पर्यटन प्रवर्द्धनको बाधक रहेको बताए ।  नाटा कोशीका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले कोशीमा गन्तव्यको रूपमा तीन वटा रुट तयार भएको बताए । कटारी हुँदै सगरमाथासम्म, रानी हुँदै गुफा पोखरीसम्म र  कचनकवलबाट चारआली हुँदै पाथीभरासम्मको रुट  तय गरेर भारतीय पर्यटकलाई लक्षित गरिएको बताए । punyaनाटा कोशीका अध्यक्ष तथा होटल व्यवसायी पुण्य भट्टराईले पोखरा बेच्नकोलागि सजिलो छ तर कोशी प्रदेशमा पर्यटन बेच्न निक्कै मेहनत गर्नु पर्ने अवस्था रहेको बताए । ‘यहाँका ट्राभल्स  एजेन्सीहरूले पनि धेरै प्याकेजहरूको काम गर्न सकिएको छैनौँ, उनले भने,  पोखरा कोलागि सहकार्य गर्न सक्छौँ तर हामीले हाम्रो प्याकेज तयार पार्न सक्नुपर्छ ।’