विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कोशी प्रदेश सभा समक्ष विश्वासको मतको लागि प्रस्ताव पेस गरेका हुन् । उनले प्रस्तावित नीति बजेट तथा कार्यक्रम छलफलपछि पारित गरेर जानु पर्ने अवस्था रहेको र आन्दोलनरत पक्षलाई वार्ताको माध्यमाबाट समस्याको समाधान गरेर जानु पनि पर्ने भएकोले कोशी प्रदेशको स्थिरता कोलागि आफूमाथि प्रदेश सभाको विश्वास रहेको स्पष्ट पार्न विश्वासको प्रस्ताव दर्ता गराएको थापाले बताए ।  ३ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक  ३ बजेर २७ मिनेटमा सुरु भएको थियो ।