विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले उद्धव थापाको नाम ४७ जनाले छातीमा नाम टाँसी सकेको बताएका छन् । प्रदेश सभामा बहुमत सदस्य उद्धव थापाको पक्षमा रहेको उनले स्पष्ट पारे । उनले उपसभामुख बिदामा बसेको र ज्येष्ठ सदस्यहरूलाई बिदा दिने काम गरेको बारेमा उनले आफू आश्चर्य चकित भएको बताए ।
अहिलेको अवस्थामा व्यवस्था समेत सङ्कटमा आई सकेको बताए । ठुला दलहरूको भूमिकामा प्रश्न उठिसकेको बेलामा सही ढङ्गमा आफूहरू चल्न नसकेको स्वीकार गरे । एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने दाबी गरे । आफ्नो पार्टी मुख्यमन्त्री बनाउने प्रस्तावक रहेकोले मुख्यमन्त्रीले राखेको विश्वासको मतमा समर्थन गर्ने उनले बताए ।