विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले कोशी प्रदेश सभामा अहिलेको परिस्थिति आउनुमा सबै दल जिम्मेवार रहेको बताएका छन् ।  कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजको अवस्था आउनुमा सबै दलको हात रहेकोले आफूले मम भनेर स्वीकार  गर्नु पर्ने बताएका छन्  ।
घटना क्रमको बारेमा सबैले जिम्मेवारी लिनु पर्ने उनको भनाई छ।  सत्ता गठबन्धन बनाउने कुरामा या  सरकार बनाउने कुरामा जनताबाट फरक फरक टिका टिप्पणीहरू भइरहेको उनले उल्लेख गरे । ‘सरकार गठन र विघटनको खेला मेलामा अहिले हामी लागेका छौँ, उनले भने, कोशी प्रदेशको समृद्धि, विकास र सङ्घीयताको सही कार्यान्वायनका लागि एकता र सहमतिको खाँचो रहेको छ।’ अहिलेको प्रक्रिया र विधिको बारेमा भइरहेको अभ्यासलाई बाहिर कसैले राम्रो नमानेको कार्कीले बताए । कोशी प्रदेशको समस्यालाई समाधान गर्ने गरी सबै दलले साझा सरकार बनाएर आज तयार रहेको समेत उनले उल्लेख गरे ।