सुनसरी । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति सदस्यमा सुनसरीका राजीव कोइराला चयन भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समिति विस्तार गरेका छन् ।
 आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको समितिलाई विस्तार गर्दै सभापति देउवाले केन्द्रीय सदस्य कोइरालालाई समिति सदस्यमा चयन गरेका हुन् ।
मङ्गलवार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठक पछि देउवाले अनुशासन समिति गठन गरेका हुन् । नेपाली काँग्रेसको विधान( संशोधित) २०१७ को धारा ३४ को उपधारा ७ बमोजिम समिति गठन भएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जनकारी दिएका छन् । 
समितिका अन्य सदस्यहरुमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले र सञ्जयकुमार गौतम रहेका छन् । 
त्यस्तै सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा निवर्तमान महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई चयन गरेका छन् ।