इटहरी । धार्मिक तथा सामाजिक सद्भाव नाम दिईएको हिन्दुवादीहरुको र्याली इटहरीबाट धरान तर्फ लागेको छ । उनीहरुले इटहरीको मुख्य चौकमा प्रर्दशन गरेका थिए । 

हिन्दुवादीहरूले गाई हाम्री आमा हुन्, आमा काट्न पाइदैँन, हिन्दु राष्ट्र कायम गर्, गोवध हत्यारालाई कारबाही गर्, नेपाल सरकार मुर्दाबादजस्ता नारा लगाएका थिए । 

hindu _itahari 1

जिल्ला प्रशासन सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले इटहरी देखी नै प्रर्दशन सुरु गरेका हुन । 

र्याली इटहरीबाट धरान तर्फ  हिँडेको छ । 

hindu 2 (2)

यता, निषेधाज्ञा लगाएको प्रशासनले तरहराको पानीपिया क्षेत्रमै सबै सवारीसाधन रोकेको छ । ठुलो संख्यामा प्रहरी परिचाल गरि धरान प्रवेशमा रोक लगाईएको छ । 

धरान प्रवेश नै गर्न नदिने प्रहरीको रणनिती रहेको छ । 

hinu